काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।
सभापति देउवाले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतकमा रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि रिक्त भएको पदमा यादव र पार्टीको सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख नियुक्त भएपछि रिक्त रहेको पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो ।



