सिरहा । सिरहा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि दुई वटा प्यानलले उम्मेदवारी दर्ता गराएको छ ।
१५ सदस्यीय समितिको लागि दुई वटा प्यानलमा तीस जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । अमरनाथ साह अध्यक्षमा उम्मेदवारी दर्ता गराएको प्यानलको प्रथम उपाध्यक्षमा प्रकाश कामर जैन, दोस्रो उपाध्यक्षमा मो. शेष इमरान, महासचिवमा सत्य नारायण महतो, सचिवमा श्रवण कुमार यादव, कोषाध्यक्षमा मिथलेश कुमार यादव, सदस्यहरुमा सोनु कुमार महरा, हरेराम कामती, निराजन कुमार यादव, गंगाराम यादव, शितल प्रसाद यादव, विजय कुमार साह, सलिता कुमारी यादव र राजेश कुमार महासेठ रहेका छन् ।
यस्तै अर्को प्यानलबाट अध्यक्षमा महेन्द्र प्रसाद यादव, प्रथम उपाध्यक्षमा लालबाबु साह, दोस्रो उपाध्यक्षमा नागेश्वर साह, महासचिवमा सरोज कुमार महतो, सचिवमा ब्रहम्देव साह, कोषाध्यक्षमा मुरलीकान्त सिंह, सदस्यहरुमा शम्भु साह, राजाराम पोदार, सिभा ठाकुर, जोगिन्द्र साह सुडी, सावित्रि गुप्ता, कुशेश्वर यादव, हितेन्द्र कुमार गोहिवार, श्याम कुमार महासेठ र विष्णुदेव यादव रहेका छन् ।

प्रमुख निर्वाचन अधिकृत विरेन्द्र कुमार सिंह उम्मेदवारको नामावली प्रकाशन असार २९ गते, नमावली उपर दावी विरोध दर्ता असार ३० गते, उम्मेदवारी फिर्ता असार ३१ गते, अन्तिम नामावली प्रकाशन असार ३२ गते, मतदान असार ६ गते विहान ८ बजेदेखि ५ बजेसम्म र मतगणना मतदान सकिएपछि सुरु हुने बताएका छन् ।



