#सिरहाप्याब्सन–एनप्याब्सनमेयर डा नविन कुमार यादवसिरहा नगरपमिलका

सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले नगरक्षेत्र भित्र विना अनुमति सञ्चालनमा रहेका नीजि विद्यालय बन्द गरिने बताएका छन् । विना दर्ता प्राप्त कुनैपनि विद्यालय सिरहा नगरक्षेत्रभित्र सञ्चालन हुन नसक्ने भन्दै मेयर डा यादवले दर्ता विनाका विद्यालयको लगत संकलन भईरहेको बताएका छन् ।

संस्थागत (नीजि) विद्यालयहरुको छाता संगठन प्याब्सन र एनप्याब्सन सिरहा नगर समितिका पदाधिकारीहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै मेयर डा यादवले दर्ता विनाका कुनै पनि विद्यालय सञ्चालन गर्न नमिल्ने बताएका छन् । बालबालिकाको भविष्यदेखि खेलवाड गर्ने विना दर्ताका त्यस्तो विद्यालयको लगत संकलन गरी कारबाही प्रकृया अगाडी बढाउने बताएका छन् । शिक्षा शाखाका कर्मचारीलाइृ लगत संकलन गरी तत्काल कारबाही प्रकृया अगाडी बढाउने मेयर डा यादवले निर्देशन पनि दिएका छन् ।

प्याब्सन र एनप्याब्सन सिरहा नगर समितिका पदाधिकारीहरुले मेयर डा यादवलाई बुझाएको ज्ञापन पत्रमा आफूहरुको विद्यालय कानूनी प्रकृया पूरा गरी सञ्चालनमा रहेको र विना दर्ताका नीजि विद्यालयहरु सञ्चालनमा ल्याउँदा त्यसले बालबालिकाको भविष्य जोखिममा पर्ने उल्लेख गरेको छ । ‘यसले नीजि विद्यालयहरुवीच अस्वस्थ्य प्रतिस्पर्धा भएको र विना दर्ताका विद्यालयहरुले राजश्व पनि चुहावट गरेको छ’ प्याब्सन र एनप्याब्सनका नगर अध्यक्षहरुले हस्ताक्षर गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा सिरहा नगरपालिका क्षेत्र भित्रको विभिन्न वडामा सञ्चालनमा रहेका विना दर्ताको नीजि विद्यालयको नामावली पनि उल्लेख गरिएको छ । वि.डी. इग्लिस बोर्डिङ स्कूल सिरहा–१, किड्स केयर स्कूल सिरहा–७, ओम एजुकेशनल एकेडेमी सिरहा–२२, क्रिमसन एकेडेमी सिरहा–१६, जय दुर्गा इग्लिस बोर्डिङ स्कूल सिरहा–२३ प्रिपा टोल र न्यू लाईफ इग्लिस बोर्डिङ सिरहा–१८ विना दर्ता गरी सञ्चालनमा रहेको प्याप्सन–एनप्याब्सन सिरहा नगर समितिले जनाएको छ । एनप्याब्सन सिरहा नगर अध्यक्ष लालबाबु रायले अनाधिकृत रुपमा सञ्चालनमा रहेका विद्यालयहरुले बालबालिकाको भविष्यसँग खेलवाड गर्न लागेपछि आफूहरु कारबाही गर्न मेयरलाई ज्ञापनपत्र बुझाएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय