काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अहिले धमाधम उत्तरपुस्तिका परीक्षण भइरहेको जानकारी दिए।

‘असार मसान्तसम्ममा एसइई नतिजा प्रकाशित गर्ने भनेका छौँ, तर केही प्राविधिक वा अरु समस्या आइपर्‍याे भने त्यो समयमा प्रकाशित नहुन पनि सक्छ,’ उनले अपन दैनिकसँग भने।

एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय