#सिरहामेयर डा नविन कुमार यादवसिरहा नगरपमिलका

सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले हावाहुरी र वर्षाले सिरहा नगरपालिकाका विभिन्न वडामा भएको क्षतिको तथ्यांक संकलन गरी नगरमा जानकारी गराउन सबै वडा अध्यक्षहरुलाई आग्रह गरेका छन् ।

मंगलवार विहान आएको हावाहुरी र वर्षाले सिरहा नगरपालिकाको २२ वटै वडामा पारेको असरको तथ्यांक संकलन गर्न सवै वडाअध्यक्षहरुलाई मेयर डा यादवले आग्रह गरेका छन् । क्षतिको विवरण संकलन गर्दा वास्तविक क्षति देखिने गरी भिडियो र फोटो पनि संकलन गर्न सबै वडा अध्यक्षलाई आग्रह गरेकाछन् । संकलन गरिएको तथ्यांकको आधारमा कार्यपालिकाबाट सहयोग दिने उनले बताए ।
मनसुनको बेलामा वाढी, डुवानको जोखिम रहेकोले सजग र सचेत रहन र कुनैवडामा कुनै समस्या आएमा तत्काल स्थानिय जनप्रतिनिधी, नगरपालिका वा मेयार डा यादवलाई जानकारी गराउन उनले नगरवासीसँग आग्रह पनि गरेका छन् ।

साथै सबै नागरबासिलाई आग्रह गर्दै विपद्को जोखिमको बेला भएकोले अहिलेदेखि तयारी अवस्थामा रह्नु पर्ने र सिरहाको पश्चिमी क्षेत्रमा कमला नदी, पूर्वी क्षेत्रमा मैनावती, बरहर लगायतले डुबान र कटानको जोखिम उच्च रहेकोले त्यसतर्फ सजग र सर्तक रह्न आग्रह गर्दै मेयर डा यादवले नगरपालिकाको टिम पनि तयारी अवस्थामा रहेकोले जोखिमबाट जोगिने गरी समन्वय, सहकार्यमा जोड दिन सवैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय