#सिरहा

सिरहा । सिरहामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । भने एकजना घाइते भएका छन् । जिल्लाको धनगढीमाई नगरपालिका १३ भाल्टरका ४० वर्षिय बुद्ध बहादुर तामाङको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घरमै बसिरहेका उनको आज हावाहुरी र पानीसँगै परेको चट्याङले उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
चट्याङ लागेर बेहास भएका उनलाई उपचारको लागि आरके मेरीसीटी अस्पताल ल्याएपनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो ।

उनको शरीरको बाहिरी भागमा भने कुनै घाउ चोट नदेखिएको अस्पतालले जनाएको छ। त्यसैगरी, मिर्चैया नगरपालिका ९ देउरालीका ५६ कुमलाल योञ्जन पनि चट्याङ लागेर घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय