#सिरहामेयर डा नविन कुमार यादवसिरहा नगरपमिलका

सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले कमला पुल यथास्रिघ सञ्चालनमा ल्याउने गरी आफूले पहल गर्ने बताएका छन् ।
सिरहा नगरपालिका–१७ पर्टेवामा आयोजित विपद्सँग जोगिन सचेतनामूलक कार्यक्रममा मेयर डा यादवले कमला पुल भासिएपछि सिरहा र धनुषाका स्थानीयलाई निकै सास्ती भईरहेको बताएका छन् । सिरहा नगरपालिकाको तर्फबाट आफूले विभागीय मन्त्रालय, निर्देशनालयमा पुगेर कमला पुल निर्माणलाई यथास्रिघ सम्पन्न गरी सञ्चालनमा ल्याउन पहल गर्ने डा मेयरले प्रतिबद्धता जनाएका छन् ।

हुलाकी सडकखण्डको बसपिट्टा र धनुषाको सघारा जोड्न कमला नदीमा विगत ११ वर्षदेखि निर्माणधीन पुल सञ्चालन अगावै भासिन पुग्दा दुवैतर्फका नागरिक अत्यन्त चिन्ति भएको भन्दै मेयर यादवले भौतिक पूर्वाधार मन्त्रालय, हुलाकी सडक निर्देशनालयमा पुगेर कमला नदीमा निर्माणधीन पुल निर्माणका सम्पन्न गरी र सञ्चालन गर्न दबाब सृजना गर्ने मेयर डा यादवले बताएका छन् ।

मनसुनको वर्षाले जोखिम आउन सक्ने सचेत गराउँदै उनले सिरहा नगरपालिका वडा नम्बर १२, ७, ६, ५, ४, ३, १६ र १७ का स्थानीय लाई कमला नदीको पानीले जोखिम थप्न सक्ने भएकोले अहिलदेखि नै सजगता अपनाउन र सिरहा नगरपालिकाको विपद् टिमसँग सम्पर्कमा बस्न वडावासीलाई उलने आग्रह गरेका छन् । जनजीविकालाई कमलाको वाढीले धवस्त बनाउन सक्ने तर्फ सचेत रह्न आग्रह गर्दै उनले कमला बाँधको निरिक्षण कार्य सम्पन्न भएको र आवश्यक मर्मत र पूर्वतयारी गर्न सम्बन्धीत निकायसँग समन्वय गरीएको मेयर डा यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय