प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई मन्त्रीमण्डल हेरफेरका विषयमा छलफल गर्न बालुवाटार बोलाएका छन् ।

छलफलका लागि अहिले यादव बालुवाटार पुगेका छन् ।

देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउन चाहेका छन् । सोहीअनुरुप देउवाले जसपालाई दुई वटा मन्त्रालय छाड्न भनेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई दुई वटा मन्त्रालय र उपसभामुख दिने बताएका छन् ।

सोही विषयमा छलफल गर्न यादव बालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय