सिरहा । सिरहा नगरपालिकाको पश्चिमी सिमाना रहेको कमला नदीको पूर्वी बाँधको निरिक्षण गरिएको छ । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति र कमला नदी नियन्त्रण कार्यालयका प्रमुख र प्राविधिकहरुले बाँधको निरिक्षण गरेका छन् ।
मनसुनसँगै कमला नदीमा आउने उच्च बहाबले सिरहा नगरपालिकाको विभिन्न वडा प्रभावित बन्ने जोखिम रहेको भन्दै मेयर डा यादव नेतृत्वको टोलीले पूर्व तयारी स्वरुप अगुनमन र सम्भावित जोखिम क्षेत्रहरु यकिन गरेको छ । मेयर डा यादवसँगै सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, नेपाली सेनाका चोहर्वा ब्यारेक प्रमुख सुमन थापा, कमला नदी नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विष्णुदेव यादव लगायतका टोलीले बाँधेको निरक्षण गरेको छन् । टोलीले कमला बाँधको पर्टेवादेखि सारस्वरखण्डसम्मको अवस्थाको निरिक्षण गरी आवश्यक गर्नुपर्ने कामहरुवारेमा छलफल गरेको छ ।

कमला आउने बाढीले सिरहाका नगरवासी प्रभावित बन्ने गरेको विगतको अवस्था रहेकोले यस वर्ष त्यस्तो जोखिम नआउने गरी सवैले मिलेर काम गर्नु पर्ने सिरहा नगरपालिकाका मेयर डा यादवले बताएका छन् । विपद् व्यवस्थापन समिति, कमला नदी नियन्त्रण कार्यालय र सिरहा नगरपालिकाले मिलेर काम गर्नुपर्ने भन्दै मेयर यादवले सिरहा नगरपालिकासँग भएको जनशक्ति र स्रोतसाधनको पूरा प्रयोग गरी सम्भावित जोखिमसँग जुध्न तयारी रहेको बताएका छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बाँधको अवस्थाको निरिक्षण गरिएको र आवश्यक पर्ने ठाउँमा मर्मत र सुरक्षाका उपायहरु अपनाउने वारेमा छफलफ गरी काम गर्न सरोकारवाला कार्यालयलाई जिम्मेवारी दिईएको बताएका छन् ।



