सिरहा । जिल्ला विपद् व्यवस्थापन समिति (डिडिएमसी) सिरहाको वैठकले विपद् प्रतिकार्य योजना–२०७९ स्वीकृत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहामा भएको बैठकले सिरहाको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना, २०७९ छलफल भई प्राप्त सुझावहरुलाई समेटेर सिरहा जिल्लाको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना, २०७९ स्वीकृत गर्दै ८ बुँदे निर्णय गरेको छ । प्रतिकार्य योजना सरोकारवाला निकायलाई कार्यान्वयन गर्न अह्वान समेत गरेको छ ।

वैठकले विपद् व्यवस्थापनमा कोषमा रहेको रकमबाट विपद् तथा उद्धारमा गरिएको खर्चको अनुमोदन गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा अहिले ७९ लाख ३६ लाख १२७ रुपैयाँ रहेको जनाईएको छ ।
बैठकले सिरहा जिल्लामा खोज तथा उद्धार कार्य गर्न लाईफ ज्याकेट १ सय ५० थान, राफ्ट ३ थान, रेस्क्यू रोप १५ सय मिटर, रेस्क्यू हेलमेट १ सय ५० वटा, गम बुट १ सय ५० वटा, रेस्क्यू थ्रो ब्याक ६० वटा खरिद गर्ने निर्णय गरेको छ ।

वैठकले आपत्कालिन सांर प्रणालीको तहगत आबद्धता र संचालन मापदण्ड २०७५ बमोजिम जिल्ला आपतकालिन कार्य संचालन केन्द्र (डिइओसी) मा सामग्रीहरुको कमीको कारण आपतकालिन कार्य सांलन केन्द्र प्रभावकारी रुपमा संचालन हुन नसकेको भन्दै मापदण्ड बमोजिम संचालनको लागि नपुग सामग्रीहरुको विभिन्न निकाय एवं संस्थाहरुसँग समन्वय गरी उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय