सिरहा । हरेक वडा बासीसित कुनै किसिमको भेदभाव वा पक्षपात नगरी सामान व्यवहार गर्ने सिरहा नगरपालिका वडा नं. ७ का नवनिर्वाचित वडा अध्यक्ष बिनोद कुमार यादवले प्रतिबद्धता जाहेर गरेकाछन् ।

भलेही म वडा नं. ७ को वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीको उम्मेदवार भई निर्वाचनमा भाग लिएको तर यहाँका वडाबासीले मलाई मत दिई निर्वाचित गरेकोमा म अब कुनै दलको मात्र नभई समग्र वडा बासीको प्रतिनिधीको रुपमा काम गर्नेछु । साथै वडाबासीहरुको काममा कुनै किसिमको पक्षपात वा भेदभाव नगर्ने र सामान व्यवहार गर्ने उनले प्रतिवद्धता व्यक्र गरे ।

प्रतिबद्धताहरु
साथै पदभार ग्रहणको क्रममा वडा भित्र रहेको हरेक ६० वर्ष माथिको जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने । वडा नं. ७ लाई उज्यालो वडा बनाउनको लागि हरेक पोलमा सडक बतिको व्यवस्था गर्ने । वातावरण संरक्षण गर्नको लागि एक÷एक लाख अनुदान दिई २ वटा नर्सरीको व्यवस्था गर्ने । विद्यालय पहुच भन्दा बाहिर रहेका बच्चाहरुलाई विद्यालयमा पु¥याउने पहल गर्ने छु । वडालाई कच्ची सडक मुक्त वडा बनाउने छु । यस अन्तर्गत वडा भित्र रहेका कच्ची सडक बाटोलाई नाला सहितको ग्रावेल तथा पिसिसी, आरसिसी सडक बाटो बनाउने छु । पर्यटन प्रवद्र्धनको लागि वडा भित्र रहेका लोक नायक राजा सलहेश मन्दिरमा रहेका अधुरा कामहरु पुरा र सलहेश पोखरीको सौन्दर्य करण गर्नको लागि नगरपालिका, प्रदेश एवं संघीय सरकारको सहयोग लिई पुरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रमुख अतिथी :  मधेश प्रदेशका कानून न्याय तथा संसदीय मामिला मन्त्री प्रमोद यादव
वडा लगायत नगरको विकासको लागि हामी सबै राजनितीक दल एक भएर लागौं । विकासको मामलामा कुनै पक्षपात वा भेदभाव हुनु भएन । नगरको दिर्घकालिन विकासको लागि तपाई योजना बनाएर ल्याउनुुस म प्रदेश सरकार होस वा संघ सरकार म त्यो योजना पुरा गराउनको लागि हरबखत तयार रहने मधेश प्रदेशका कानून न्याय तथा संसदीय मामिला मन्त्री प्रमोद यादवले बताए ।
उक्त कार्यक्रममा मधेश प्रदेशका कानून न्याय तथा प्रदेश संसदीय मामिला मन्त्री तथा नेकपा एकीकृत समाजवादीका सिरहा जिल्ला अध्यक्ष प्रमोद यादव, नेकपा एकीकृत का प्रध्यापक अशोक यादव, वडा नं. ७ मा नेपाली कांग्रेसका तर्फ बाट वडाका प्रत्यासी उम्मेदवार चन्देश्वर यादव, माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बद्री नारायण यादव लगायत स्थानीय बुद्धिजिवी, समाजसेवी, महिला पुरुषहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय