नकपुरधाम । स्वतन्त्र भएर चुनाव लड्दै जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित मनोज साह नेपाली कांग्रेसले निकालेको विजयी र्‍यालीमा सहभागी भएका छन् ।

नेपाली कांग्रेसले जनकपुरधाममा निकालेको विजयी र्‍यालीमा साह अग्रपंक्तिमा देखापरेका छन् ।

स्वतन्त्रबाट जितेका मेयर साह र नेपाली कांग्रेसको टिकटबाट उपमेयरमा निर्वाचित किशोरी साह विजयी र्‍यालीको अगाडिमा देखापरेका छन् ।

विजयी र्‍यालीमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, कांग्रेसका जिल्ला अध्यक्ष योगनारायण पजियारसहितका नेताले समेत सहभागिता जनाएका छन् ।

टिकट नदिएको भन्दै मेयरमा निर्वाचित साहले निर्वाचनको केहि दिनअघि कांग्रेस पार्टी परित्यागको घोषणा गरेका थिए । यसपछि उनी स्वतन्त्रबाट मेयरमा उठेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय