अनिरुद्र ठाकुर

अपन दैनिक
श्रावण २८, २०७६ मा प्रकाशित
२२८ पटक पढिएको
सन्दर्भ युवा दिवसको

संयुक्त राष्ट्रसंघले सन् १९९९ मा युवा शक्तिलाई परिचालन गर्ने युवा दिवसको आयोजना गर्यो र सन् २००० मा सर्वप्रथम युवा दिवस मनाए । नेपालले पनि सन् २००० मा अनुमोदन गरेर युवा दिवस मनाउन थालिएको हो । तद्नुसार १२ अगस्तका दिन नेपालमा पनि २० औ अन्तराष्ट्रिय युवा दिवस सम्म विभिन्न नारा जुलुसका साथ नगर परिक्रमा गरी युवा दिवस मनाइयो तर फुल माला अविरले मनाउनु भन्दा आज केही प्रतिबद्धताका साथ युवाहरुलाई आगाडि बढने दिन आएको छ ।
नेपालको सम्बिधान २०७२ ले युवा परिषद ऐन ल्याएर ६० जिल्लामा बिस्तार कार्य गरि सकेको छ र आ.व. ०७३।७४मा युवालाई शैक्षिक प्रमाण पत्र धितो राखी सहुलियत दरमा उद्यमशीलतामा लाग्ने युवालाई ऋण दिने कार्यक्रम पनि ल्याइ सकेको छ, तर सबभन्दा ठूलो समस्या के छ भने बर्षेणी ४ लाखको हाराहारीमा बिदेशिने गरेको छ, कारण के हो भने यहाँ व्याप्त अशिक्षा र प्रविधिक, शिक्षाको अभावले अदक्ष कामदारको रुपमा युवाशक्ति बिदेशिदै गएको छ । यौनजन्य रोग भित्रदै गएको छ । यसरी बिभिन्न कारणले युवाहरु विकृति र विसंगती र अपराध तर्फ उन्मुख भइ रहेको अवस्था छ ।
हुनत् युवाको परिभाषा पनि भिन्न भिन्न छ । भारतमा १५.३५, चिनमा १४ देखि २८, जापानमा ० देखि २४ र नेपालमा १६ देखि ४० लाई मान्दछ र नेपालमा ४०.३५ प्रतिशत युवा छन् अर्थात १ लाख भन्दा बढी संख्यामा छन् जसमध्ये ४० लाख विदेशमा नै छ् । दिनहु १ हजार पाँच सयभन्दा बढी संख्या बिदेशिदै छन् । यस्दो अवस्थामा केवल नारा जुलुस र फुलमालाले युवा दिवसको उद्येश्य पूर्ति कदापि हुदैंन । गरिबी उन्मुलन र यिनका सतत् बिकासको लागि अथवा सामाजिक आर्थिक बिकास तथा न्यायको लागि नै युवाशक्ति एक हुन संकल्प गनुपर्छ । सिरहामा त झन १७ स्थानीय निकाय मध्ये एउटा पनि  स्थानीय सरकार युवा मैत्री बन्न सकेको छैन् ।
महान दार्शनिक लियो टाल्सटायले के भनेका छन् “क्रान्ति बिचारको उपज होइन, यो त युगको परिवर्तनको चाहना छ ।” हाम्रो देशमा पनि सुशासनको लागि, पारदर्शिताको लागि, बिधिका शासनको लागि तथा युगस्तरकर्मी परिवर्तनको लागि बिकासका अभियान बोक्ने युवा वर्गलाई गहिरो चिन्तन गर्ने बेला आएको छ । विकास त निरन्तर चलि रहने प्रकृया हो । सडकको बिकास, अस्पतालको बिकास, स्कूलको विकास वा निर्माण त भौतिक बिकास हो । यस संग साहित्य संगीत कला धर्म संस्कृतिका विकासमा युवाको भूमिका हुनु पर्छ, तसर्थ समाजमा रहेका अंधविश्वास, कुरिति, कुसंस्कारका लागि युवाहरु संकल्पित हुने बेला आएको छ । सो भएमात्र युवादिवसको  सन्दर्भ पूरा हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!