राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा हुस्सुका कारण सडक छेउमा रोकिराखेको ट्यांकरमा ईभी कार ठोक्किँदा चार जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत श्रीपुरमा बुधबार बिहान पौने ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट झापातर्फ जाँदै गरेको बा.प्र.०१–०३५च ३३१७ नम्बरको ईभी कारले बिग्रिएर सडक छेउमा रोकिराखेको डब्लुबी ११ एफ १७९५ नम्बरको भारतीय नम्बर प्लेटको ट्यांकरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा ईभी कार चालक धादिङको पितले–३ का २१ वर्षीय मनोज श्रेष्ठ, सुनसरीको इनरुवा–३ का ३० वर्षीय ओशिम खान, बराहक्षेत्र–९ का २५ वर्षीय मोहन कविरथ र झापाको भद्रपुर–७ का २८ वर्षीय पवन राई घाइते भएका छन् ।
डीएसपी हिमराज घिमिरेका अनुसार हुस्सुका कारण रोकिराखेको ट्यांकर नदेखिएपछि कार ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइते चारै जनाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी घिमिरेले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय