सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ कटारी जाने ग्राभेल सडकनजिकै जंगलबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति करिब ९ः०५ बजे कोप्चे डाँडा क्षेत्रमा शंकास्पद अवस्थामा भरुवा बन्दुकजस्तो हतियार बोकेर केही व्यक्ति हिँडिरहेको सूचना प्राप्त भएको थियो ।
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कोप्चे डाँडाको जंगलमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक थान–१ फेला पारेको हो ।
प्रहरीका अनुसार बरामद बन्दुकलाई कानुनबमोजिम नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैयामा ल्याइएको छ ।
बन्दुक बोकेर हिँड्ने व्यक्ति प्रहरी टोलीलाई देखेपछि फरार भएकाले उनको खोजी तथा पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय