सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब १५ लाख ५६ हजार ५७५ रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हे.क्वा. सिरहाका अनुसार जिल्लाका विभिन्न सीमा इलाकामा खटिएको टोलीले अवैध रूपमा ओसारपसार भइरहेको अवस्थामा विभिन्न प्रकारका सामान नियन्त्रणमा लिएको हो ।
बरामद सामानमा लत्ताकपडा, मोटरसाइकल, किराना सामग्री, सुर्तीजन्य पदार्थ, बीउबिजन, कस्मेटिक सामग्री, पेय पदार्थ, मदिरा, इन्धन, सीसी क्यामेरा, मनिटर, हार्डड्राइभ, कीटनाशक विषादी तथा पानी तान्ने मोटरलगायत छन् ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ती सामानको जम्मा मूल्य १५ लाख ५६ हजार ५७५ रुपैयाँ रहेको जनाएको छ । बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हे.क्वा. सिरहाका गणपति सशस्त्र प्रहरी निरीक्षक सुमनजंग थापा क्षेत्रीले जनाएका छन् ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी–पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित रूपमा निगरानी तथा चेकजाँच गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय