सिरहा । सिरहामा लागुऔषध कारोबार नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएर एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुबनी जिल्ला निवासी करिब ३५ वर्षीय अब्दुल कलाम रहेका छन्। प्रहरीको गोली लागेर घाइते भएका उनको खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार नवराजपुर गाउँपालिका–५ मा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि प्रतिरोध तथा आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको हो।
प्रहरीले पक्राउ परेका कलामको साथबाट प्लास्टिकसहित १२२.८० ग्राम ब्राउनसुगर जस्तो देखिने लागुऔषध बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
उल्लेखनीय रूपमा, केही दिनअघि पनि सिरहा प्रहरीले छुट्टाछुट्टै कारबाहीमा गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको थियो। पछिल्ला घटनाले भारत–नेपाल सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध कारोबार नियन्त्रणमा प्रहरीले कडाइ गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय