जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७, केमलीपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार स्थानीय ४८ वर्षीय किर्तिमान विक आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेको हेर्न गएका बेला आक्रमणमा परेका हुन् ।
घाइते विकको ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चितुवा अझै पनि सोही तारजालीमा फसेको अवस्थामा रहेको छ । उद्धारका लागि वन कार्यालय तथा सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय