जनकपुरधाम । धनुषाबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा निरीक्षक ओकिल अधिकारी रहेको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई धनुषाको लालगढबाट आज बिहान ४० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा संलग्न सवारी साधनहरूलाई रोकी अनावश्यक अवरोध सिर्जना गर्ने तथा घुस माग्ने गरेको उजुरीका आधारमा उनीमाथि निगरानी गरिएको थियो ।
सोही क्रममा रकम लिँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय