काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनका घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सो माग गरेका हुन् ।
‘नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ,’ पौडेलले लेखेका छन्, ‘म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु ।’ ८ चैतमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको थियो ।




