वीरगञ्ज (पर्सा) । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार कानुले एक हजार ५३८ मतसहित अग्रता लिएका छन् ।

निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार नेकपा एमालेका उम्मेदवार रिमा यादवले १०५३, नेपाली कांग्रेसका अजयकुमार चौरसियाले ६८३ मत प्राप्त गरेका छन‍‍् ।यहाँ विभिन्न दलका १७ र स्वतन्त्र १२ जना गरी ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसैगरी ९५ हजार १२० जना मतदाता रहेकामा यहाँ प्रत्यक्षतर्फ ६६ हजार ५७ र समानुपातिकतर्फ ६७ हजार ५७ मत खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय