काठमाडौं । २१ फागुनको निर्वाचनमा पहिलो जित हात पारेपछि रञ्जु दर्शनाले छोराको न्वारानपछि विजयत्सवमा सहभागी हुने बताएकी छन् । काठमाडौं-१ बाट जितेपछि उनले सामाजिक सञ्जलमा यस्तो लेखेकी हुन् ।
‘यो विजय देशको । परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं-१ मा हामीलाई घन्टी चुनाव चिह्नमा मत दिनुहुने सम्पूर्ण मतदाता प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं । हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताहरूप्रति हार्दिक नमन,’ उनले लेखेकी छन्, ‘हाल हामी परिवार बाबुको न्वारन कार्यक्रममा छौं । यो सम्पन्न हुनेबित्तिकै बानेश्वर स्थित सहकारी विभागमा हजुरहरूसँगै उपस्थित हुनेछु । करिब ११ः३० बजे । हामी सबै देशप्रेमीहरू त्यहीँ भेटौँ है ।’

भोट हाल्न बिहीबार उनी बच्चासहित मतदान केन्द्र पुगेकी थिइन् ।



