काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ लाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो। प्रहरी स्रोतका अनुसार पक्राउपछि प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगु ले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

यसअघि उनी सर्वोच्च अदालतको आदेशपछि फागुन १३ गते रिहा भएका थिए। तर पछिल्लो समय चुनाव प्रभावित पार्ने गतिविधिमा संलग्न हुन सक्ने आशंकाका आधारमा प्रशासनले पुनः निगरानी बढाएको थियो। प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाइने जनाएको छ ।




