काठमाडौं–१ मा मतदान मिति नजिकिँदै जाँदा राजनीतिक सरगर्मी तीव्र बनेको छ ।

सिंहदरबार र सर्वोच्च अदालत रहेको संसद् भवनको इतिहास बोकेको यो क्षेत्र फेरि एकपटक प्रतिस्पर्धाको केन्द्रमा छ ।

मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका प्रबल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रन्जु दर्शना देखिएका छन् ।

विगतमा विवेकशील साझामा सँगै रहेका मिश्र र दर्शना यसपटक फरक–फरक दलबाट मैदानमा छन् ।

एमालेका मोहनराज रेग्मी र नेकपाकी मेनुका भण्डारी पनि प्रतिस्पर्धामा छन् ।

महानगरका वडा १०, ११, २९ र ३१ समेट्ने यस क्षेत्रमा मतदाताबीच त्रिपक्षीय प्रतिस्पर्धाको आकलन छ ।

अघिल्ला दुई निर्वाचनमा थोरै मतान्तरले पराजित भएका मिश्र यसपटक कांग्रेसका प्रकाशमान सिंह प्रतिस्पर्धामा नभएकाले बलियो स्थितिमा देखिन्छन् ।

उता, समानुपातिक सूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष चुनावमा होमिएकी दर्शना पनि चर्चामा छिन् ।

कांग्रेसले नयाँ र युवा उम्मेदवार थापालाई अघि सारेपछि केही मतदातामा उत्साह बढेको छ ।

नेतृत्व परिवर्तनपछि कांग्रेसमा नयाँ ऊर्जा आएको धारणा व्यक्त भइरहेको छ।

इतिहास हेर्दा ०४८ देखि ०५६ सम्म एमालेको दबदबा रहेको यो क्षेत्रमा संविधानसभा चुनावयता कांग्रेसको पकड बलियो रह्यो ।

प्रकाशमान सिंह ०६४ देखि ०७९ सम्म लगातार विजयी भए ।

०७४ र ०७९ मा सिंह र मिश्रबीच निकै साँघुरो मतान्तरको प्रतिस्पर्धा भएको थियो ।

यसपटक दलहरू गठबन्धनबिनै एक्लाएक्लै मैदानमा उत्रिएका छन्, जसले नतिजा थप रोचक बनाउने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!