काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजनाका लागि पाँच वर्षसम्म निजी क्षेत्रले सहकार्य गर्ने भएको छ। सोही योजना अनुरूप आर्थिक वर्ष  २०८२/०८३ मा प्रतियोगिताहरू सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद् र नेपालय इन्टरनेशनल ईभेन्ट म्यानेजमेन्टबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा राखेपका परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपालयका अध्यक्ष शुवाष प्रधानले हस्ताक्षर गरेका थिए। नेपाल सरकारबाट विनियोजन भएको रकमका साथै प्रायोजक खोजी गरि प्रतियोगिताहरूलाई थप प्रभावकारी रूपमा आयोजना गर्ने उद्देश्यले सम्झौता गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय