वीरगञ्ज । नेपाल बुद्धिजीवी परिषद् पर्साको दोश्रो अधिवेशन शनिवार बीरगन्जमा सम्पन्न भएको छ ।
डा. सन्तोष कुमार साहको अध्यक्षतामा भएको अधिवेशनले श्याम गुप्ताको अध्यक्षतामा १९ सदस्य जिल्ला कमिटी गठन गरेको छ ।
उपाध्यक्षमा रेयाज देवान, सचिवमा अशोक कुमार साह, सह–सचिवमा सरोज गिरी र विश्वास प्रताप साह, कोषाध्यक्षमा वसिर अहमद सर्वसम्मतिले निर्वाचित भएको नेकपा एमाले पर्साका सचिव महेश दासले जानकारी दिएकाछन् । यसैगरी सदस्यामा डा. सागर सरार्फ, रामबहादुर यादव, गोपीलाल श्रेष्ठ, ज्योति गुप्ता, निपु साह र हरिनारायण गुप्ता चयन भएको सचिव दासले बताए ।
अधिवेशनको उदघाटन परिषद्का मधेस प्रदेश अध्यक्ष शम्भु गुप्ताले गरेको थियो । उदघाटन समारोहमा नेकपा एमाले पर्साका अध्यक्ष डा. विशम्भर कुमार शर्मा, सचिव महेश दास र वरिष्ठ चिकित्सक डा. प्रमोद सरार्फले शुभकामना मन्तव्य राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!