
धनकुटा समाचारदाता
धनकुटा । धनकुटा नगरपालिका वडा नम्वर १० को सहयोग एवं न्यु भिजन युवा क्लव तथा सामुदायिक विकास केन्द्र, सिरहाको आयोजना तथा सोस्तिक कम्प्युटर ईन्स्टिच्युट को समन्वयमा सञ्चालित महिला लक्षित ७५ दिने कम्प्युटर तालिम सोमबार सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि धनकुटा नगरपालिका वडा नम्वर १० का अध्यक्ष नगेन्द्र पाण्डेले महिला दिदि बहिनीहरूलाई वडाले तालिम दिएर दक्ष र सक्षम महिला उत्पादन गरि आर्थिक उपार्जन गर्न सक्ने सक्षम बनाउनु राम्रो र अपरिहार्य भएकोले तालिम सञ्चालन गरेको बताउनु भयो ।
आजको युग ईलेक्ट्रोनिक डिभाईस विना अधुरो र अपुरो हुने भएकाले प्रबृधि हस्तान्तरण गर्नु आवश्यक रहेको सन्दर्भमा वडाले गरेको कामको स्थानीयले प्रशंसा गरेका छन् ।
मंसिर ११ गतेबाट शुरू गरिएको उक्त तालिम माघ २९ गते सोमबार प्रमाण पत्र वितरणका साथमा समापन गरिएको तालिम कार्यक्रम संयोजक कोकिला भण्डारीले जानकारी दिइन ।
स्वस्तीक कम्प्युटर ईन्स्टिच्युटका प्रशिक्षक तिलक घिमिरेले शहजिकरण गरेको उक्त तालिममा १० नम्वर वडा कार्यालय भित्र रहेका केहि आयआर्जन गरि जिवनस्तर सुधार गर्छु भन्ने ८ जना महिला दिदिवहिनिहरूको सहभागिता रहेको थियो । वडा सचिव कृष्ण प्रसाद भण्डारीले सञ्चालन गर्नु भएको तालिममा प्रमुख अतिथि, कार्यक्रम संयोजक भण्डारी, प्रशिक्षक घिमिरे लगायतले तालिममा सहभागिहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तालिममा कम्युटर सम्बन्धि ज्ञान नभएका वडाका महिलाहरूलाई कम्प्युटर सम्बन्धि ज्ञान दिलाउने उद्देश्यले गाउँमै तालिम लिन पाउँदा सहभागिहरूमा खुसि छाएको छ । तालिम सिकेर कार्यालयमा आवश्यक नेपालिमा निवेदन सहभागि आफैले टाईप गरेर लेख्न जान्ने भएका छन् ।
