कोकिला भण्डारी
धनकुटा । सहकारीको दीगोपन, स्वनियमन र सुशासन भन्ने नाराका साथ अगाडी बढेको जिल्ला सहकारी संघको लि.धनकुटाको बाह्रौ बार्षिक साधारण सभा धनकुटामा शुक्रबार सम्पन्न भएको छ ।
सहकारी देशको तीन खम्वे अर्थनीति मध्ये एउटा मेरुदण्ड रहेकाले सहकारीको अस्तित्व बचाउनु सबैको कर्तब्य रहेको सन्दर्भमा सबै सहकारीहरुलाई सचेत गराउदै जिल्ला संघले आफ्नो बाह्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाको अवसर पारेर महासंघका उपाध्यक्ष रमेश पोख्रेलको प्रमुख आतिथ्यता एवं धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ्गको बिशेष आतिथ्यतामा उद्घाटन गरिएको सभामा सहकारी अभियान्ता प्रेम प्रसाद ढकाल र स्वर्गीय दुर्गा प्रसाद दाहालको श्रीमती मन्जु दाहाल, कर्मचारी तर्फबाट नीरा अधिकारी, मनोज पौडेल, भवानी घिमिरेलाई प्रमुख अतिथि पोख्रेल,नगरप्रमुख तामाङ्ग र जिल्ला संघका अध्यक्ष खगेन्द्र सुवेदीले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गर्नुभएको हो ।
जिल्ला सहकारी संघ लिमिटेड धनकुटाका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदीको अध्यक्षतामा उद्घाटन गरिएको उक्त सभामा संघका केन्द्रिय प्रतिनिधि सुन्दरवावु श्रेष्ठ, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राई, छथरजोरपाटी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष भिमकला श्रेष्ठ, धनकुटा नगरपालिका–७ का वडा अध्यक्ष रोशेश श्रेष्ठ, बचत जिल्ला संघकि अध्यक्ष बोधा दाहाल, राष्ट्रिय सहकारी बैंक धनकुटा शाखाका प्रवन्धक सुमन श्रेष्ठ, उद्योग बाणिज्य संघ धनकुटाकी बरिष्ठ उपाध्यक्ष मन कुमारी (तारा) तितुङ्ग, दुग्ध संघका अध्यक्ष नारद कटुवाललगायतको उपस्थिति रहेको थियो ।
उक्त सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरीबेक्षण समितिको प्रतिवेदन, आर्थिक बर्ष २०७९÷०८० को बार्षिक लेखा परीक्षण प्रतिवेदन, लाभांस वितरण, आर्थिक बर्ष २०८०÷०८१ को लागि लेखापरीक्षक नियुत्ति एवम् पारिश्रमिक निर्धारण, निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन गर्ने लगायत सम्बन्धमा राखिएका प्रस्तावहरु पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!