कोकिला भण्डारी
धनकुटा, २६ मंसिर । आर्थिक बर्ष २०८०÷८१ मा शेयर पुजि चारलाख पुर्याउने लक्ष्य लिएको धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौ साधारण सभा धनकुटा स्थित श्री पञ्चमी पार्कमा सम्पन्न भएको छ ।
सहकारीमा ठुलो समस्या भनेको कर्जा लिएको पैसा सुरक्षित हिसावले नतिर्नु रहेको जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले बताउनु भयो । संघियता कार्यान्वयन सँगै स्थानीय सरकारले सहकारी संस्थाको नियमन, अनुगमन, गर्दै आएको छ । १७ वटा संस्था खारेजीको चाङमा परेको छ । केहि संस्था जिल्ला प्रशासन कार्यालयमा मुद्दाको चाङ लागेको अवस्थामा धनकुटा महिला बचत तथा श्रृण सहकारी संस्थाले भने श्रीपञ्चमि पार्क स्थित अनाथ वालवालिकाहरू माझ रहेर आफ्नो सहकारी संस्थाको साधारण सभा सम्पन्न गरेको छ ।
व्यावसाय गर्न प्रवाह गरेको कर्जा नतिर्नु भनके आर्थिक अनियमितता हो । कर्जा तिर्नु पर्ने मुल्य मान्यता विना झोलामा रहेका सहकारी अहिले आएर खारेजी भएका हुन ।
पुर्व राज्य मन्त्रि निरन राईको प्रमुख आतिथ्यता एवं संस्थाकी अध्यक्ष तारा तितुङको अयक्षतामा सम्पन्न सभामा पुर्व सांंसद कुसम कुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, सल्लेरी ब्यारेकका निमित्त प्रमुख सेनानी दिपक बहादुर थापा, शसस्त्र प्रहरी वल नम्वर ६ छिन्तांक गुल्मका गुल्मपति सुदन भारती, राष्ट्रिय अनुसन्धान अधिकृत सविना राई लगायतको उपस्थिति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer