सिरहा । नेपाली सेना बहादुर श्री शेर गणको अगुवाईमा रसुवाका सुरक्षा निकायबीच संयुक्त मनसुन अभ्यास सम्पन्न भएको छ ।
प्रचण्ड गर्मी छल्न अहिले सिरहाका युवा नजिकैको हटिया पोखरीमा नुहाउन जान्छन् । यसै क्रममा शनिबार नुहाउन गएका तीन युवा पौडी खेल्न नजानेर पानीमा डुब्छन् ।

यो खबर पाएलगत्तै जिल्ला आपत्तकालीन कार्य सञ्चालन केन्द्र सिरहाले खटाएका तीनवटै सुरक्षा निकायका तालिम प्राप्त उद्धारकर्मीले सुरक्षित रुपमा उद्धार गर्छन् । सोही हटिया पोखरीमा रबरबोटमा केही युवा आउँछन् । त्यो रमाइलो पललाई टिकटकमा कैद गर्न व्यस्त युवाले सावधानी नअपनाउँदा डङ्गा सन्तुलन गुमाएर बीच भागमा पल्टिन्छ । डुब्दै गरेका युवा जीवन रक्षाको याचना गर्छन् । यो खबर एकैछिनमा सबैतिर फैलिन्छ र मोटरसहितको डुङ्गा लिएर सुरक्षाकर्मी घटनास्थलमा पुग्छन् ।

त्यसैगरी सिरहा र धनुषा जोडने कमला नदीमा अचानक बाढी आउँदा केही व्यक्ति डुबिरहेको खबर आउँछ । सुरक्षाकर्मीले तत्कालै उद्धार त गर्छन् तर फर्किने क्रममा आफैँ दुर्घटनामा पर्छन् । त्यस्तो विषम परिस्थितिमा पनि उद्धार टोलीले रबरबोटमा रहेको ‘रिलिफ लाइन’ को प्रयोगगरी सामान्य अवस्थामा ल्याउँछन् र पीडितलाई सुरक्षित स्थानतर्फ लिन्छन् । डुबानका घटना सेलाउन नपाउँदै अविरल वर्षाका कारण कमला नदीको बाध फुटेर एक्कासि आएको बाढीले घरैसहित केही मानिसलाई बगाउँछ ।

केही समयपछि तालिम प्राप्त उद्धारकर्मी घटनास्थलमा पुगी नागरिकको उद्धार गर्छन् । सदरमुकम स्थित हटिया पोखरीमा यस्तै कृत्रिम अभ्यास गरियो । विपद् जोखिम न्यूनीकरणको तयारी स्वरूप विपद्बाट जोगिन ‘विपद् पूर्वतयारी तथा राहत वितरणसम्बन्धी अभ्यास’का क्रममा यस्ता घटना देखाइएका थिए । घटना कृत्रिम भए पनि तराई–मधेशका अधिकांश जिल्लामा हरेक वर्षायाममा यस्तै दुखद खबर सुनिन्छन् ।
बाढीका दृष्टिकोणले निक्कै जोखिममा रहेको सिरहामा पनि प्रत्येक वर्ष वर्षातको समयमा विभिन्न नदीका बाँध फुटेर धेरै गाउँ बस्ती डुबानमा पर्ने गरेका छन् । मुख्यगरी कमला, औरही, खोलामा आउने बाढीले बर्सेनि ठूलो धनजनको क्षति हुँदै आइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!