सिरहा । सिरहा जिल्लाको सिंचाईको मुख्य आधार अकाशे वर्षापछि कमला सिंचाई नहर पूर्वी सिचाई प्रणाली रहेको छ ।
कमला नदी पूर्वी सिंचाई प्रणाली अन्र्तगत सिरहाको बिष्णुपुर गाउँपालिका–१ बिष्णुपुरको मुल नहरमा हुँदै गरेको स्लोप लाइनिङ ढलान कार्य भईरहेको छ । सो कार्य गुणस्तरहीन भएको पाईएपछि विष्णुपुरका स्थानीयले विरोध जनाएका छन् । जसले गर्दा निर्माण कार्य रोकिएको छ ।

बिष्णुपुर गाउँपालिका–१ बिष्णुपुरमा कमला सिंचाइ व्यवस्थापन कार्यालय पोर्ताहा धनुषाले स्लोप लाइनिङ ढलान गर्न भ्याट बाहेक ७६ लाख ४८ हजार ७७ रुपैयाँमा सुख शान्ति निर्माण सेवासँग निर्माणको सम्झौता गरेको छ । करिब करोडको लागतमा मूल नहरमा निर्माण थालिएको स्लोप लाइनिङ ढलानमा निर्माण कम्पनीले मनपरी गर्न थालेपछि स्थानीयले विरोध जनाएका छन् । जसले गर्दा निर्माण कार्य रोकिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ का निर्माण कम्पनी सुख शान्तिले गुणस्तरमा गम्भीर लापरबाही गरिरहेको स्थानीयवासीको आरोप रहेको छ ।
सिंचाई जस्तो विषयमा पनि पक्की भईरहँदा निर्माणस्थलमा कुनै पनि निकायको रेखदेख नपुग्दा निर्माण कार्यको जिम्मा पाएको निर्माण व्यवसायीले मनपरी ढंगले कमसल सामग्री प्रयोग गरेको स्थनीयको भनाई छ ।

कमला सिंचाइ व्यवस्थापन कार्यालय पोर्ताहा धनुषाले पूर्वी सिचाइ प्रणालीमा स्लोप लाइनिङ ढलान कार्य सिरहा–चोहर्वा सडकको पूर्व–पश्चिम सय/सय मिटरमा ३/३ मिटर स्लोपमा ६.५/६.५ मीटर गरी १३ मिटर बेडमा निर्माण गर्ने गरी सम्झौता गरेको छ । निर्माण कम्पनीले १,३,६ को रेसियोमा पाँच एमएम पिसिसि, १,२,४ को रेसियोमा १५ एमएम आरसिसि जसमा १० एमएम को रड राखी काम गर्ने सम्झौता गरेकोमा सम्झौता विपरीत काम गरेको स्थानीयले जनाएका छन् ।

स्थानीयका अनुसार मूल नहरमा काम भइरहदा आफुहरु सम्झौंता अनुसार काम गर्न पटक पटक आग्रह गर्दा पनि सम्झौता अनुसार काम नगरेपछि बाध्य भएर काम रोक्न लगाएको जनाएका छन् । उक्त कार्यमा कमला सिंचाई व्यवस्थापन कार्यालय, पोर्ताहा, धनुषा र निर्माण व्यवसायीको मेलोमतोमा सम्झौता विपरीत कार्य भइरहदा पनि कमला सिंचाइ व्यवस्थापन कार्यालयका कर्मचारीले मौनता साधेको छ । आफुहरुको माग सम्झौता अनुसार कार्य भए नभएको लागि ल्याब जाँच हुनु पर्ने माग राखेका छन् ।
त्यस्तै मूल नहरको दुवै साइडमा सर्भिस रोड भए पनि कार्यालयले रोडलाई क्षति हुने गरी काम गराएकोमा रोडलाई पनि क्षति नहुने गरी कार्य गर्न स्थानीयहरुको माग रहेको छ ।

यता कमला सिंचाई व्यवस्थापन कार्यालयका साइड इन्जिनियर यसोधर यादवका अनुसार मूल नहरमा सम्झौता अनुसारको नै काम भएको दावी गरेका छन् । काममा अवरोध सृजना गर्न स्थानीयहरुले निराधार आरोप लगाएको उनले बताएका छन् ।
त्यस्तै निर्माण व्यवसायी दिलिप कुमार श्रेष्ठका अनुसार आफुहरु सम्झौता अनुसार नै काम गरेको तर त्यहाँका स्थानीयहरुले सम्झौता भन्दा फरक काम गर्न भनेकोले आफुहरु इस्टिमेट भन्दा फरक काम गर्न नमाने पछि स्थानीयहरुले निराधार आरोप लगाएर काम रोक्न लगाएर कमला सिंचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर र प्रमुखलाई साइडमा बोलाए मात्रै काम गर्न दिने भन्दै काम रोकाएको जनाएका छन् ।
त्यसो त कमला सिंचाई नहर पूर्वी सिचाई प्रणालीले सिंचाई विस्तार गर्न अझै सकेको छैन् । बन्दीपुरदेखि विष्णुपुरसम्म मूल नहरमा सयौं ठाउँमा सिंचाईमा अवरोध र गुणस्तरहीन काम भईरहेको छ । निर्माण कम्पनी र कार्यालयका कर्मचारीको मिलोमतोमा वर्षेनी करौडौं रुपैयाँको काम हुँदा पनि दिगो नदेखिएको कृषक मनोज मण्डलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!