सिरहा । मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापर ‘भ्रमर’ले सिरहा पुस्तकालयको भ्रमण गरेको छ । विश्व पुस्तक दिवसको अवसर पारेर अध्यक्ष कापर र साहित्यकार पुनम मिश्रा सिरहा पुस्तकालयको भ्रमण गरेको हो ।

भ्रमणको क्रममा अध्यक्ष कापरले सिरहा पुस्तकालय व्यवस्थित र पूराना पुस्तकहरुको संग्रह स्थल रहेको भन्दै प्रदेश सरकारले सहयोग गरी प्रदेशको गहनाको रुपमा विकास गर्नुपर्ने बताएका छन् । पूरानो पुस्तकहरु व्यवस्थित तरिकाले राखेको देखेपछि उनले सिरहा पुस्तकालको ऐतिहासिक सम्पतिहरु भएको र त्यसको संरक्षणमा प्रदेश सरकारले पनि प्रयाप्त ध्यान दिनुपर्ने बताएका छन् ।

अध्यक्ष कापरले साहित्यिक गतिविधि बढाउन र समयानुकुल उपयोगमा ल्याउन व्यवस्थापन समितिले विशेष ध्यान दिनुपर्ने उनले सुझाव दिएका थिए । अध्यक्ष कापर र साहित्यकार मिश्रालाई सिरहा पुस्तकालयका अध्यक्ष सुरेन्द्र कुमार कामति, कोषाध्यक्ष हितेन्द्र गोहिवारले गम्छा ओढाएर स्वागत गरेका थिए । त्यसक्रममा सिरहा पुस्तकालयको ऐतिहासिकताका सन्दर्भमा कुराकानी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय