
जनकपुरधाम – जिल्ला क्रिकेट संघ महोत्तरीले यु–१६ क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ।
यु–१६ क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेश स्तरको प्रतियोगिताका लागि जिल्ला क्रिकेट संघ महोत्तरीले खेलाडी छनोट गरी १४ जनाको नाम सार्वजनिक गरेको हो।

अभिषेक तिवारीको कप्तानीमा १४ सदस्यी टोली छनोट गरिएको क्रिकेट संघका सचिव दीपेन्द्रकुमार यादवले जानकारी दिए।
टिममा कप्तान अभिषेक तिवारीसहित सोनम महतो, आदित्य मण्डल (विकेट किपर), कैफ शेख, सरफराज अन्सारी, मनिस कापर, पल्टु सादा, मोबारक नादाफ, कृष्ण महतो, ललितकुमार साह, नितेशकुमार यादव, रमण मण्डल, राजीव सादा र सत्यम गुप्ता रहेका छन्।
यस्तै, रिजर्भमा अमृत मण्डल, नितिश महतो, मोबारक आलम र सम्साद अन्सारीलाई राखिएको सचिव यादवले जानकारी दिए।
यु–१६ क्रिकेट प्रतियोगिताका लागि प्रशिक्षकमा राहुलप्रताप सिंह र म्यानेजरमा मुरारी ठाकुरलाई तोकिएको हो।