प्रहरी प्रशासनको सेवा प्रवाहमध्येको सवैभन्दा प्रमुख ‘शान्ति सुरक्षा’ कायम गर्नु नै हो । त्यही भएर जिल्ला जिल्लामा नेपाल प्रहरीको युनिट स्थापना गरिएको छ । शान्ति सुरक्षा चुस्त दुरुस्त राख्नकै लागि सुरक्षा क्षेत्रका अन्य संयन्त्रहरुको स्थापना गरिएको छ । यसै क्रममा सिरहा जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसंधान कार्यालय र ब्यारेकमा रहेको नेपाली सेना समेत पर्दछ । यी सवै सुरक्षाका अंगहरुलाई समन्वय गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको रहेको छ । जिल्ला सुरक्षा समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ । यसैले समग्र जिल्लाको शान्ति सुरक्षाको जवाफदेही प्रमुख जिल्ला अधिकारीमाथि आईपुग्छ ।

जिल्लाको सदरमुकाम सिरहाको कुरा गर्दा यो प्रशासनिक केन्द्र पनि हो । १७ वटा स्थानीय तहबाट कार्य सम्पादन भएपनि अझैं जिल्लाको कतिपय अधिकारक्षेत्र कायम छ । त्यसकारणले पनि सिरहा सदरमुकामको अस्तित्व कायम छ । सुरक्षा निकायहरुको बाक्लो उपस्थिती रह्ने गरेको जिल्ला सदरमुकाममै शान्ति सुरक्षा खस्किदो हुँदा त्यसको समग्र असर जिल्लाको शान्ति सुरक्षामाथि नै पर्न जान्छ । खासमा सिरहाको मुख्य बजारमा लगातार चोरीका घटनाहरु दोहोरिने गरेको पाईन्छ । चोरी गर्ने गिरोह सक्रिय हुँदा दैनिकजसो बजारक्षेत्रमा चोरी हुने गरेको छ । जसले गर्दा यहाँको शान्ति सुरक्षा बन्दोबस्तीमाथि प्रश्न उठेको छ ।

शिव राम यादवले संचालन गरेको अभय एण्ड अजय जेनरल स्टोरको गोदामबाट करिब २ लाख मुल्य बराबरको किराना सामान चोरी भयो । यसअघि प्रादेशिक अस्पतालको पश्चिमपट्टी मदन यादवले संचालन गरेको औषधी पसल, प्रभुहरी साहले संचालन गरेको दराज, पेटी वाकस पसलमा र पुस्तकालयको छेउमा रहेको पानपसलमा ताला फुुटाएर चोरी भयो । यो सब उदाहरण हो, चोरीको घटना बढेको । यसका अलावा दिनदहाडै बजारबाट मोटरसाईकल चोरी हुने गरेको छ ।

जिल्लाको मुख्य बजारमै दिनदहाडै मोटरसाईक चोरी र समसाँझै पसल फोडेर विभिन्न समानहरु चोरी भईरहँदा प्रहरीको यो निकम्मपन हो । प्रहरीले आफ्नो डियूटी पूरा नगरेको स्पष्ट संकेत हो । यसले थप अपराधका घटना वृद्धि नहोला भन्न सकिदैन् । यसकारणले जिल्ला प्रहरी कार्यालयसँगै जिल्ला प्रशासनले सिरहा बजारसँगै जिल्लाभरीको शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न प्रहरीलाई सक्रिय बनाउनु जरुरी छ । प्रहरीको सक्रियताले नै अपराधकर्म गर्ने गिरोह, समूहहरु रोकिन सक्छ । होईन भने यसले झन वढी प्रसय पाउँछ र भोलीका दिनमा प्रशासनलाई शान्ति सुरक्षा वहाल गर्न हम्मेहम्मे पर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय