सिराहा। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रावायण’ हेर्न सुरूवाती दिनमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ।

शुक्रबार र शनिबार धेरै हल हाउसफुल भएको निर्माण पक्षको दाबी छ।

फिल्मका कलाकारहरू दर्शकसँग साक्षात्कार गर्न काठमाडौंका हल–हलमा छन्।

फिल्ममा सिराहाका मुकेश कुमार यादवले पनि अभिन्य गरेका छन।। मुकेशले “पागल बनाके गेल” गित गाएर निकै नै परसंसा पाएको थियो। शुर्यनारायण साहको निर्देशनमा श्याम कुमार यादवको साथ मैथिलि “विवाह सिरियल”मा पनि निकै नै राम्रो अभिन्य गरेको थियो।

शनिबार पल शाह, पूजा शर्मा, प्रकाश शाह लगायत बिग मुभिज, सिभिल मल, एफक्युब सिनेमाज, अष्टनारायण लगायतका हलमा पुग्दा दर्शक खचाखच थिए।

कलाकारलाई देखेपछि तस्बिर खिचाउन दर्शकको भिड देखिएको थियो। त्यस क्रममा दर्शकले फिल्म राम्रो रहेको प्रतिक्रिया समेत दिएका थिए।

सुदर्शन थापाको निर्देशनमा तयार यो फिल्ममा पूजा शर्मा निर्मात्री समेत हुन्।

फिल्ममा प्रमोद अग्रहरी, प्रियंका कार्की, अर्जुनजंग शाही, शर्मीला मल्ल लगायतका कलाकारहरूको समेत अभिनय छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!