नेपालमा तीन पटकसम्म प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट ३’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । नेपालमा अहिले तेस्रोपटक प्रदर्शनरत चलचित्र आगामी भदौ २५ गते (सेप्टेम्बर १०)मा अष्टे«लियाको सिड्नीमा प्रदर्शन हुन लागेको हो ।

बाबा एजुकेसन कन्सल्टेन्सी र आरकेएस अस्ट्रेलियाले चलचित्रलाई प्रदर्शन गर्न लागेका हुन् । दुईपटक प्रदर्शनमा कोरोना महामारीको कारण प्रभावित भएको चलचित्र गत शुक्रवारदेखि नेपालमा पुनः प्रदर्शनमा आएको थियो । तर, तेस्रोपटकको प्रदर्शनमा पनि हलमा दर्शकको उपस्थिति न्यून छ । धेरै हलबाट चलचित्र उत्रिसकेको छ ।

मनोवैज्ञानिक थ्रिलर चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । अर्जुन कुमार निर्माता रहेको चलचित्रमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट, आमिर गौतम, अर्पण थापालगायतको मुख्य भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय