सिरहा । सिरहा नगरपालिकाले पालिका स्तरीय विज्ञ समूह (रोष्टर) गठन गरेको छ ।
सिरहा नगरपालिका मेयर अशेश्वर प्रसाद यादवको अध्यक्षतामा बसेको वैठकले नगरक्षेत्रका विद्यालयको विषयगत लगायतका समस्या समाधान गर्न विज्ञ समूह (रोष्टर) गठन गरेको छ । शिक्षा शाखाका सहसंयोजक कासिन्द्र प्रसाद यादवको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन गरिएको छ ।
समितिमा सिरहा नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका शिक्षक, अवकासप्राप्त शिक्षक लगायतको सहभागिता रहेको छ । विज्ञ समूहको सदस्यमा चन्द्र माध्यमिक विद्यालय सिरहाका नेपाली विषयका शिक्षक कृष्ण प्रसाद न्यौपाने, माध्यमिक विद्यालय भलुवाहीका नेपाली विषयका शिक्षक संजय कुमार यादव, ब्रज मोहन झब्बुराम जनता माध्यमिक विद्यालयका अँग्रेजी विषयका शिक्षक सोमा गुप्ता रहेका छन् ।
यस्तै माध्यमिक विद्यालय सन्हैठाका समाजिक विषयका शिक्षक वविता कुमारी दास, माध्यमिक विद्यालय लगडी गदियानीका गणित विषयका शिक्षक राजदेव यादव, नेपाली विषयका अवकास प्राप्त शिक्षक अनिरुद्र ठाकुर र लक्ष्मण यादव रहेका छन् ।
विज्ञ समूहले सिरहा नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको समस्याहरुको वारेमा अध्ययन, अनुगमन गरी समस्या समाधानमा भूमिका खेल्ने संयोजक यादवले बताएका छन् ।
रोष्टर गठनका क्रममा सिरहा नगरपालिकाका शिक्षा समितिका सदस्यहरुको समेत सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताए ।
#सिरहा
ताजा समाचार
लोकप्रिय
© 2024 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer