सिरहा । सिरहा नगरपालिकाका मेयर डा नवीन कुमार यादवले नगर क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्न कोचिङ कक्षा संचालन गरिएको बताएका छन् ।

शिक्षामा व्यापक सुधार गर्दै गुणस्तर केन्द्रित विभिन्न योजना अघि सारेर काम गरिरहेको मेयर डा यादवले बताएका छन् ।
सिरहा नगरपालिकाले विद्यालय तथा विद्यार्थीको शैक्षिकस्तर वृद्धि गरी नजिता सुधारका लागि ‘कोचिङ कक्षा’को सञ्चालनको सुभारम्भ गर्दै मेयर डा यादवले बालबालिकालाई गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने तर्फ आफू सक्रियतासाथ लागेको उनले बताए ।

सिरहा नगरपालिकाका मेयर डा. यादवले शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्यसँगै जिम्मेवारिताले मात्रै गुणस्तर वृद्धि हुने बताएका छन् । सिरहा सदरमुकाम रहेको बाल मन्दिर माध्यमिक विद्यालयमा कोचिङ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर डा. यादवले शिक्षकले विद्यालय समयभरि बसेर इमाान्दारिताका साथ पढाउने, विद्यार्थीले मेहनत गरेर पढ्ने र अभिभावकले विद्यार्थीलाई सधैं विद्यालय पठाउने हो भने गुणस्तर वृद्धि दाबी गरे । भौतिक संरचनाले मात्रै विद्यालयको गुणस्तर वृद्धि नहुने उनको भनाइ थियो । डा. यादवले नगरले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको मेयर डा. यादवले बताए । “कक्षा १२ पढिसक्दा एउटा हातमा पढाइको सर्टिफिकेट र अर्को हातमा सीपको सर्टिफिकेट भयो भने मात्रै काम पाउने अवस्था छ । अब पढाइको सर्टिफिकेटको आधारमा मात्रै रोजगारी पाउने अवस्था छैन,” उनले भने, “त्यही भएर नगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ ।

नगरपालिकाको तीन वटा विद्यालयमा अतिरिक्त कक्षा सञ्चालनका लागि नगरपालिकाले बजेट नै विनियोजन गरेको छ । कक्षा १० को एसईई र कक्षा १२ को परीक्षा दिने विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिएको हो । सदरमुकामा रहेको बाल मन्दिर मा.वि. सिरहा, वडा नम्बर १७ मा रहेको ब्र.झ.ज.उ.मा.वि. माडर र वडा नम्बर १८ मा रहेको जनता मा.वि. लक्ष्मीनियाँमा अतिरिक्त कक्षा सञ्चालन गरिने प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले जानकारी दिएकाछन् । “नगरभित्रका विद्यालयमा आशातित नजिता आउन सकेको छैन”, प्रमुख प्रशासकिय अधिकृत यादवले भने, “सामुदायिक विद्यालयको खस्कदो नजितालाई सुधार्न अतिरिक्त कक्षाको व्यवस्था गरेका हौं ।” आउँदो कक्षा १० को एसईई र कक्षा १२ को परीक्षाका लागि विनियोजित बजेट खर्च हुनेछ । ‘शिक्षामा राजनीति नहुने हो भने सामुदायिक विद्यालयहरू अझै पनि राम्रो बनाउन सकिन्छ,’ प्रमुख प्रशासकिय अधिकृत यादवको भनाइ रहेको छ ।

कोचिङ उद्घाटन समारोहमा सिरहा नगरपालिकाका मेयर डा. नवीन कुमार यादव, प्रमुख प्रशासकिय अधिकृत बलिराम यादव, प्रध्यापक, शिक्षक, संचारकर्मी, विद्यार्थीहरु लगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय