देशमा कोरोना भाईरसबाट जोगिन मास्क अभियानको थालनी भएको छ । कोरोनाको तेस्रो भेरियन्टको जोखिमलाई ध्यानमा राख्दै अनिवार्य रुपमा मास्क लगाउन जोड दिन अभियान सुरु गरिएको छ ।
अभियान अन्र्तगत देशभरी मास्क वितरण गर्दै सचेतना जगाउन थालिएको छ । सिरहा जिल्लामा नेपाल प्रहरीले मास्क अभियानमा जोड दिएको पाईन्छ । जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्लाको बजार र ग्रामीण क्षेत्रमा मास्क अभियानलाई तिव्रता दिन सचेतना जगाउन थालेको छ । सार्वजनिक र नीजि सवारी साधनलाई रोकेर अनिवार्य रुपमा मास्क लगाउन सचेतना जगाउन थालेको छ ।
कोरोना संक्रमणको पहिलो र दोस्रो लहरको मारबाट गुज्रेको देशलाई तेस्रो लहरबाट जोगाउन अभियानलाई जोड दिईएको छ । यस मास्क अभियानमा सवै जुट्नु जरुरी छ । भीडभाड बढ्दो क्रममा छ । सरकारी अड्डाहरुमा सयौं संख्यामा सेवाग्राही दैनिक पुग्ने गर्छन् । विशेषगरी जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात कार्यालय लगायतमा सेवाग्राहीको ठूलो भीडा देखिन्छ । यसलाई ध्यानमा राख्दै मास्क अभियानमा जोड्न जरुरी छ ।
सरकारी अड्डाहरुमा सेवाग्राहीले मास्क अनिवार्य नलगाएको दृश्यहरु देखिन्छ । जसलाई रोक्न जोड दिनुपर्छ । मास्क अहिलेलाई कोरोनाको जोखिमबाट जोगिन भूमिका खेलेको विभिन्न अनुसंधानहरुले पनि देखाएको छ । विश्व स्वास्थ्य संगठनले पनि मास्कलाई निरन्तरता दिन जरुरी ठानेको छ । कोरोनाको जोखिम न्यूनीकरण गर्न एक अर्कावीचको दुरी कायम राख्ने, भीडभाड कम गर्न, अनिवार्य रुपमा मास्क लगाउने वाणीको विकास गर्नु जरुरी छ । जसले गर्दा परिवारको अनावश्यक आर्थिक र मानसिक झन्झटबाट मुक्त राख्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानमा थालेको मास्क अभियानमा स्थानीय तहहरुलाई जोड्नु आवश्यक देखिन्छ । स्थानीय तहले गाउँ गाउँमा मास्क अभियानलाई अनिवार्य बनाउने विशेष पहल गर्नु पर्छ । अहिले स्थानीय तहहरु कोरोना संक्रमणको जोखिमबाट जोगिन गरी आफ्नो भूमिका निर्वाहबाट पंछिदै आएको देखिन्छ । अब झन् भयावह अवस्था आउन सक्ने भएकोले स्थानीय तहहरुले आफ्नो नागरिकको सुरक्षामा विशेष भूमिका खेल्नु नितान्त जरुरी छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer