लोक आस्थाको स्थलको रुपमा सदरमुकाम सिरहास्थित सलहेश दरबार क्षेत्र रहेको छ । राजमहिसोथा सलहेश गढको रुपमा चिनिन्छ । प्राचीन कालिन अवस्थामा लोक नायक राजा सलहेश न्यायको प्रतिकका रुपमा यस क्षेत्र निकै चर्चित थिए । उनले त्यस बेला हुने अत्याचारविरुद्ध समाजिक अभियानलाई अगाडी वढाएका थिए र न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पात्र बनेका थिए । सलहेशसँग जोडिएको ऐतिहासिक स्थलहरु सिरहा जिल्लामा निकै छ । सदरमुकाम सिरहास्थित सलहेश दरबारक्षेत्र बाहेक मानिक दह, पकडियागढ, सलहेश फुलवारी, पतारी पोखरी सलहेशसँग सम्बन्धित छ । यी क्षेत्रहरु संरक्षित सूचीमा हुनुपर्छ । देशको एक सय पर्यटकीय गन्त्वयको सूचीमा लोकनायक सलहेश दरबार क्षेत्र पनि रहेको छ ।
वर्षमा दुई दिन विशेष उत्सवमय सिरहा जिल्ला हुन्छन् । वैशाख १ र २ गते सिरहा जिल्लामा भव्य मेला र उत्सवमय रहन्छ । लोक देवता सलहेशसँग जोडिएको स्थलहरुमा नेपाल र छिमेकी देश भारतका विभिन्न स्थानबाट लाखौं श्रद्धालुभक्तजनहरु पुग्ने गर्छ । उनीहरुले लोकदेवता सलहेशको प्रतिमाको दर्शन, सलहेश फुलबारीमा रहेको सुनाखरीको फूलको दर्शन गर्छन् । त्यही भएर सलहेश दरबार क्षेत्र र यससँग सम्बन्ध गाँसिएको क्षेत्रहरु पर्यटकीय दृष्टिकोणले र ऐतिहासिक पक्षबाट पनि महत्वपूर्ण स्थलहरु रहेको छ । यी स्थलहरुको संरक्षण र सम्बद्र्धन गर्नुपर्छ । सदरमुकाम सिरहामा निर्माण गरिएको दरबार क्षेत्र अहिले संरक्षण विहिन बनेको छ । सलहेश दरबार क्षेत्रमा भव्य मन्दिर निर्माण गरिएपनि अन्य व्यवस्थापन नहुँदा दरबार क्षेत्रको संरक्षण हुने हो वा होईन भन्ने चिन्ता थपिएको छ ।

एकातिर अतिक्रमणको चपेटामा परेको सलहेश दरबार क्षेत्रमा अहिले वर्षाको पानीले हिलाम्बे अवस्था छ । पर्यटकलाई आकर्षित गर्ने केन्द्र बनाउन सिरहा नगरपालिकाले करौडौं रुपैयाँ खर्च गरेपनि त्यो सम्भव हुन सकेको छैन् । यसले सलहेश दरबार क्षेत्र संरक्षित स्थल भएपनि स्थानीय सरकारको वेवास्तामा परेको छ । सलहेश दरबार क्षेत्रको संरक्षण गर्न कुनै हिसाबले ढिलाई गर्नुहुँदैन् । सदरमुकामको गहना सलहेश दरबार स्थल हो । ऐतिहासिक महत्वको स्थल भएकोले सलहेश दरबार क्षेत्रको संरक्षण गर्न सिरहा नगरपालिकाले गम्भीरता देखाउनु पर्छ । सलहेश दरबार क्षेत्रलाई पर्यटकीयमैत्री बनाउनु पर्छ । जसले गर्दा सिरहा सदरमुकामको मुहार फेर्न, पर्यटकीय कृयाक्लाप वढाउन मद्दत मिल्छ । यस कारणले सिरहा नगरपालिकाले हिलाम्मे बनेको ऐतिहासिक सलहेश दरबार क्षेत्रलाई तत्काल आवश्यक पहल गरी पर्यटकलाई सहज रुपमा आउजाउ गर्न मिल्ने गरी पूर्वाधार क्षेत्रमा ध्यान दिनुपर्छ । गौरबको स्थलको महत्व बुझ्दै देखरेख गर्दै संरक्षण गर्नु नै अहिलेको आवश्यकता हो ।



