चालू आर्थिक वर्ष २०८१/०८२ सकिन लागेको छ । आर्थिक वर्ष सकिन लाग्दा असारे विकासको वाढी पूर्वाधार क्षेत्रमा देखिएको छ । असारे विकास भन्नुको अर्थ असारमा सरकारी बजेट सक्नु र छोटो समयमा पूर्वाधार निर्माण गर्दा दिगोपना कम हुने प्राविधिक आकलन छ । त्यही भएर असार महिना केन्द्रित हुने विकासलाई असारे विकासको संज्ञा दिईएको छ । अहिले देशभर असारे विकासको वाढी देखिएको छ । चालू आर्थिक वर्षको निम्ति बजेट विनियोजन गरेको र त्यो असार अन्तिम सातासम्म खर्च गर्नुपर्ने चटारो सवै सरकारी कार्यालयदेखि स्थानीय तह, निकाय, नियोगहरुमा हुन्छ ।

सिरहा जिल्लामा पूर्वाधार विकास कार्यालय, स्थानीय तहहरुमात्र नभएर प्रायः सवै सरकारी कार्यालयहरुले खर्च गर्न नसकेको रकम धमाधम खर्च असारमा गर्छन् । त्यही भएर असार महिनामा देशको खर्च अनुपात पहिलो र दोस्रो चौमासिक भन्दा कयौं गुणा वढी हुन्छ । असारे विकासको नाउँमा सिरहा जिल्लामा सडक ढलान, पक्की भवन, सडकबाटो, ग्राभेल, माटो पुर्ने देखि सामाजिक विकास अन्र्तगत तालिमहरु संचालन गरिन्छ । सिरहाको माडर–सिरहा सडक खण्डमा पनि यस्तै असारे विकास धमाधम भईरहेको छ । सडक डिभिजन कार्यालय मातहत मुख्य सडकलाई ढलान काम गरिरहेको छ । सडक ढलान गर्दा प्राविधिक दृष्टिकोणले र सवारीसाधनको सहज आवतजावतको दृष्टिकोणले पनि गलत तरिकाले काम भईरहेको छ । असारे विकासको चटारोवीचमा सडक ढलान गर्दा विद्युतीय पोलहरु र टेलिकमका पोलहरु वीच सडकमै परेको छ । बजेट सक्न ढिलाई हुने भन्ने भयवीच सडक डिभिजन कार्यालयको वेवास्ता र मिलोमतोका कारणले नै सवारी साधन आवतजावतमा असुविधा हुने, दुर्घटनाको उच्च जोखिम रह्ने गरी सडक ढलान भईरहेको छ ।

सडक डिभिजनको वेवास्ता नै मुख्य कारण हो । कुन प्राविधिकले सडकको डिजाईन र स्टीमेड गरेको छ त्यसलाई छानबिनको दायरामा ल्याउनु पर्छ । सडक बनाउनु भनेको नागरिकलाई सुविधा दिन हो । सार्वजनिक यातायातको चाप उच्च रह्ने सडकमा पनि लापरबाही गर्न पाईदैन् । माडर–सिरहा–चोहर्वा खण्डको सडक मुख्य सडकको रुपमा छ । यो सडकमा यसरी लापरबाही गर्दा त्यसले सुरक्षाको जोखिम वढाउँछ । त्यही भएर सडक ढलानको विषयमा नियमनकारी निकायले छानबिन थाल्नुपर्छ । माडरका स्थानीयवासीले पनि यस विषयमा पनि आवाज उठाउनु पर्छ । जसले गर्दा प्राविधिक दृष्टिकोणले गलत स्टीमेट र डिजाईन गर्नेलाई कारबाही गर्नुपर्छ । अनि मात्र भविष्यमा गलत डिजाईन गरी सडकमा रकम खेर फाल्ने र नागरिकको जीउ ज्यान जोखिममा पुर्याउने काम रोक्न सकिन्छ । असारमा हुने असारे विकासलाई नियमन गर्नुपर्छ । कमजोर गुणस्तरको संरचना निर्माण गर्दा टिकाउ नहुने र दुर्घटना जोखिम वढ्ने प्रवल सम्भावना रहन्छ । यस कारणले निमायक निकायको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसंधान आयोग लगायतले यसलाई छानबिनको दायरामा ल्याउनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय