अपन दैनिक
असोज ५, २०७७ मा प्रकाशित
३४८ पटक पढिएको

सिरहा जिल्लामा लागुऔषध प्रयोगकर्ताको संख्या वढ्दै गएको छ । कोरोना भाईरसको संक्रमण रोक्न भारतसँग सिमा सिल गरिएको छ । संक्रमण रोक्न गत चैत ११ देखी सिमा सिल गरिएर ठूलो संख्यामा सशस्त्र सिमा सुरक्षा बलको तैनाथी गरिएको छ ।
सशस्त्र प्रहरीको सुक्ष्म निगरानी हुनेगरी तैनाथी हुँदा पनि युवाहरुको लागुऔषध सेवन गर्न सहजै सिमावर्ती भारतीय बजारमा पहुँच देखिएको छ । लकडाउनको सुरुवाती चरणमा सवारी साधन ठप्प भएपछि छिटफुट रुपमा युवाहरुको समूह भारतीय बजार लागुऔषध सेवन गर्न पुग्ने गरेका थिए । अहिले लकडाउनमा खुकुलो भएसँगै युवाहरुको ठूलो संख्या भारतीय बजारमा पुगेर लागुऔषध सेवन गर्ने र ल्याउने काममा सक्रिय भएका छन् ।

सिमामा सशस्त्र प्रहरीको निगरानी भएपनि लागुऔषध प्रयोगकर्ता बाहेक कारोबारीलाई नेपाल प्रहरीले लकडाउनका दौरानमा ठाउँठाउँमा पक्राउ गरेको थियो । अहिले प्रहरीले आफ्नो निगरानी र लागुऔषध प्रतिको कठोर नीतिमा खुकुलो गरे झैं युवाहरुको पहुँच सिमावर्ती भारतीय बजारमा पुगेको छ ।
प्रहरीले लागुऔषध सेवन र कारोबारलाई ध्वस्त पार्न केही महिना अगाडी सिरहाको विभिन्न स्थानमा छापामारी गरेका थिए । गोलबजार नगरपालिकामा ब्राउन सुगर सहित कारोबारी पक्राउ परेका थिए । भगवानपु, लहान र सिरहामै लागुऔषध कारोबारी पक्राउ परेका परे । तर अहिले प्रहरीको यस विषयमा सक्रियता कमजोर देखिएको छ । जसले युवाहरुलाई सहजै लागुऔषधको पहुँच देखिएको छ । यसलाई रोक्न कुनै तप्काबाट छुट हुनु हुँदैन्।
लकडाउनले गर्दा बेरोजगारी दर बढेसँगै युवाहरुमा लागुऔषधको सेवन गर्ने क्रम बढ्न सक्ने अनुमान विभिन्न अनुसंधानले गरेको छ । यसैले पनि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलसँगै स्थानीय सरकारले गम्भीरता बुझेर यथास्रिघ रोक्न पहल गर्नु अति आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!