न्यायको केन्द्र भनेको अदालत हो । कतै न्याय नपाएपछि नागरिक अदालतको ढोका ढक्ढकाउन पुग्छ । यो ठूलो आस्थाको केन्द्र हो । नेपाल मात्र होईन्, विश्वमा न्यायलयमाथि ठूलो विश्वास नागरिकको छ ।
विश्वमा न्यायलयमाथि विश्वास रह्दै आएपनि नेपालमा न्यायलयमाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । न्याय सम्पादनमा हुने कमजोरीको कारणले नागरिकले प्रश्न उठाउनु स्वभाविकै हो । पछिल्लो घटना सिरहा जिल्लाको हो । सिरहा जिल्ला अदालतवाट पछिल्ला समयमा भएका केही फैसालाहरुको चौतर्फी विरोधसँगै प्रर्दशन पनि भएको छ । अदालत अगाडी नै विरोधमा प्रर्दशन गरिएको छ ।
मिर्चैया नगरपालिका, गोलबजार नगरपालिकाको सार्वजनिक जग्गाको विषयमा भएको फैसलामा अन्याय भएको भन्दै प्रर्दशन भएको छ । अदालतमाथि प्रश्न उठाउँदै भएको प्रश्नले न्यायलयलाई आगमी दिनमा न्याय सम्पादन गर्न झन् वढी जिम्मेवारी थपिएको छ । तर पछिल्लो पटक नवराजपुर गाउँपालिका ५ मूर्तिदेवी यादवलाई बोक्सी भन्दै कुटपिट गरी मलमूत्र खुवाएको घटनामा पक्राउ गरिएकालाई धरौटीमा रिहा गरिएको छ ।
मलमूत्र सहित कुटपिटमा संलग्न रहेका त्यही गाउँका सन्तोष कुमार यादवलाई २ लाख धरौटीमा रिहा गरेपछि न्यायलयमाथि प्रश्न उठ्न थालेको छ । आफ्नै वहिनीलाई टुनामुना गरेको भन्दै धाँमीझाक्री ल्याएर झारफुक गराएको र झाक्रीकै भनाईमा कुटपिट, मलमूत्र खुवाएको घटनामा अदालतले धरौटी राखेर तारेखमा रिहा गरेपछि ठूलो बहसको विषय बनेको छ । पीडित परिवारले अब न्याय पाउन नसक्ने भन्दै आएको छ ।
महिलामाथि हुने कुनैपनि हिंसालाई निरुत्साहन गर्न राज्यका सवै निकाय एक हुनुपर्छ । त्यसमा सवैभन्दा वढी न्यायलयको जवाफदेहीता हुन्छ । तर यस प्रकृतिको घटनामा सम्बन्धित परिवारका न्याय दिनु पहिलो प्राथमिकता हुनुपर्छ । पीडितले न्याय नपाएर अदालत भौतारिएको भौतारिए भएमा न्याय सम्पादन माथि प्रश्न उठ्छ । यसैले पनि जिल्ला अदालत सिरहाले सबुत प्रमाणसँगै पीडितको बास्तविक पीडामा मलहम लगाउने गरी निर्णय र फैसला सुनाउनु पर्छ । यस कुरालाई गम्भीर मन्थन गर्नु जरुरी छ । र न्यायलय माथि उठ्न थालेको प्रश्नको निरुपण गर्न सक्नुपर्छ । नागरिकको आस्था र विश्वासको केन्द्र रहेको न्यायलयको गरिमामाथि प्रश्न उठ्नबाट जोगाउनु जरुरी छ ।
अपन दैनिक
कार्तिक १९, २०७७ मा प्रकाशित
५०९ पटक पढिएको
ताजा समाचार
लोकप्रिय
© 2025 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer