कोरोना भाईरसको संक्रमण रोक्न सिरहा जिल्लामा रहेको ‘जिल्ला स्तरीय संकट व्यवस्थापन समिति’ ले पछिल्लो समय विद्यालयमा प्रत्यक्ष रुपमा पठनपाठन नहुने र चाडपर्वका बेला खसीबोकाको बली रोक्ने निर्णय गरेको छ । कोरोना संक्रमण रोक्न बनाईएको यो समितिले पछिल्लो समय प्रभावकारी कार्य गर्न नसकेको जनगुनासो बढ्दै गएको छ । कोरोना संक्रमणको ग्राम कम नभएपनि समितिले यस अघि गरेका आफ्ना निर्णय कार्यान्वयनबाट चुक्दै आएको देखिन्छ । समितिका संयोजन जिल्ला प्रशासन कार्यालय सिरहाले गर्दै आएको छ । तर निर्णय कार्यान्वयनमा अब्बल साबित नहुँदा जनगुनासो बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले आफ्नो सेवा प्रभाव गर्दा व्यापक भीडभाड बढेको थियो । नत सामाजिक दुरी नत स्वास्थ्य मापदण्ड नै पालना भएको देखियो । यससँगै मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला अदालतमा यसैगरी भीडभाड हुने तर व्यवस्थापनमा कतैबाट पहल हुन सकेको छैन् ।
बजार खोल्ने, बन्द गर्ने विषय होस वा विद्यालय संचालनका विषयमा पनि समयमा ठोस निर्णय लिन नसक्दा औन्यलताको स्थिती सृजना हुँदै आएको छ । पटक पटक डिएमसीसीको निर्णयमाथि प्रश्न उठ्ने गरेको छ । यस अघि स्थानीय तहलाई शीर्षकगत रुपमा कोरोनामा गरिएको खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरिएपनि त्यो कार्यान्वयन हुन सकेको छैन् । अहिले त्यो विवरण स्थानीय तहहरुले शीर्षकगत रुपमा सार्वजनिक नै गरेको छैन् । अहिले पनि डिएमसीसीले गरेको निर्णयमाथि प्रश्न उठेको छ । गाउँघरमा बोका बलिको तयारी गरिएको छ । तर डिएमसीसीको बोका बली रोक्ने गरी गरेको निर्णय कार्यान्वयनमा जोड दिन स्थानीय जनप्रतिनिधीसँग समन्वयमा जोड दिनुपर्छ । त्यससँगै सुरक्षा सर्तकताका निम्ति सुरक्षा संयन्त्र पनि तयारी अवस्थामा रह्नु पर्छ ।
