निर्वाचनको तीन वर्ष पूरा भएको छ । तर स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको विषय जहिलेपनि फण्डा बन्ने गरेको छ ।
स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृतको भूमिकालाई लिएर पटक पटक प्रश्न पनि उठ्ने गरेको छ भने काम गराई शैलीले गर्दा कतै प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधीवीच नै विवाद हुने, कुटपिट हुने घटना सार्वजनिक भएको छ ।
यसै क्रममा जहिले विवादमा तानिदै आएको सिरहा औरही गाउँपालिका नयाँ प्रमुख प्रशासकीय अधिकृतको चर्चा चलेको छ । गाउँपालिकाको सम्पर्क कार्यालय सदरमुकाम सिरहामा राखेर, जोखिम भक्ता र झुल वितरणको विषयमा औरही गाउँपालिकाको चर्चा चलेको थियो । तर प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका कमलदेव यादवले औरही गाउँपालिकामा देखिएका समस्या सल्टाउन पहल गरेका छन् । सदरमुकाम सिरहामा रहेको गाउँपालिकाको सम्पर्क कार्यालय हटाउँदै विषयगत शाखाहरु व्यवस्थापनमा जुटेका छन् । यससँगै गाउँपालिकालाई विवाद रहित र नागरिकलाई विकास, सुशासन अनूभुति दिने गरी सेवा सुरु गरेको छ । स्थानीय तह संचालन कार्यविधि, ऐन नियम र कानूनका आधारमा सेवा सूचार गर्न अधिकृत यादवले देखाएको पहलकदमी सराह्रनीय छ ।
सिरहा जिल्लामा प्रमुख प्रशासकीय अधिकृतहरुको विकास, सुशासन र पादर्षिता कायम राख्नमा कानूनी रुपमै ठूलो भूमिका छ । यस अर्थमा पनि औरही गाउँपालिकामाथि उठ्ने गरेको पारदर्षिताको प्रश्न र जनप्रतिनिधी एवं कर्मचारीलाई जवाफदेहीको विषयमा प्रमुख प्रशासकीय अधिकृत यादवले आफ्नो दह्रो अडान र कर्तव्य पूरा गर्नुको विकल्प छैन् ।