अपन दैनिक
भदौ ५, २०७७ मा प्रकाशित
४९५ पटक पढिएको
कोभिड–१९ को संक्रमण अहिले वढ्दै गएको छ । देशैभरी कोभिड–१९ को संक्रमणका संख्या वढ्दा जोखिम पनि थपिदै गएको हो । विशेषगरी युएई, कतार, कुवेत सउदी अरेयिबा जस्ता खाडी मुलुक र मलेसिया लगायतबाट नेपाल फर्किएका र छिमेकी मुलुक भारतबाट आउनेलाई स्थानीय स्तरमा क्वारेन्टाइनमा बस्दा संक्रमित भएकाको घटनाक्रमले देखाउँछ ।

दैनिक रुपमा कोभिड–१९ को परीक्षणको रिर्पोट सार्वजनिक भैरहँदा संख्याको ग्राम झनझन माथि वढ्दै गएको छ । सरकारले कोभिड–१९ नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसक्दा अहिले कोरोना भाईरसको चपेटामा समुदाय स्तरका नागरिक भएका छन् । सुरुमै व्यवस्थित रुपमा क्वारेनटाईन नहुँदा र प्रयाप्त ध्यान नदिदा लामो लकडाउनलाई अर्थहीन बनाएको छ ।

सिरहा जिल्ला जस्ता प्रदेश २ का जिल्लामा विपन्न गरिबहरुको संख्या वढी छ । बहुआयामिक गरिबीमा प्रदेश २ अग्रपंक्तिमा रहेको छ । जसले गर्दा कोरोनाको संक्रमणबाट जोगिने अनेकन प्रयास गर्नुपथ्र्यो तर त्यसमा संघीय, प्रदेश र स्थानीय सरकार चुकेको देखिन्छ ।
कोरोना संक्रमितलाई स्वास्थ्य उपचार, व्यवस्थित आईसोलेसन, आईसियू जस्ता सुविधामा सरकारी संयन्त्र कमजोर र असफल देखिएको छ । झन् स्थानीय स्तरले समुदायमा तिव्र रुपमा फैलिदै गएको संक्रमणलाई रोक्ने गरी अभियानमा प्रयाप्त ध्यान पुर्याउन सकेको छैन् ।
चैत ११ देखि लकडाउन सुरु भएपछि स्थानीय तहले मास्क, साबुन, सेनिटाईजर वितरण गरेको थिए । ठाउँ ठाउँमा हातधुन साबुन पानीको व्यवस्थापन गरेको थियो तर लकडाउन खुला भएपछि त्यो सवै बन्द भयो ।

समुदायमा कोरोना फैलिन थालेपनि स्थानीय स्तरले आर्थिक वर्ष सकेपछि सचेतनामूलक कार्यक्रममा जोड दिन सकेको छैन् । चालू आर्थिक वर्षमा कोरोनासँग जोगिन सक्ने गरी स्वयमसेवक परिचालन गरी सजगता अपनाउन जोड दिनुपर्ने हुन्छ । प्रहरी, सेना, स्वास्थ्यकर्मी संक्रमित भैरहँदा समुदाय स्तरमा कोरोनाको संक्रमण धेरै भएको बुझ्न कठिन नहोला ।
यसैले पनि स्थानीयदेखि संघीय सरकारले पनि कोरोना नियन्त्रण, रोकथाममा गाउँटोलदेखि बजार केन्द्रित भएर सचेतनामूलक कार्यक्रम र अभियानमा जोड दिनुपर्छ । कोरोना बारे प्रयाप्त ज्ञान दिई गाउँगाउँमा स्वयसेवक परिचालन गरिनु पर्छ । सचेतनामा जोड दिएर भीडभाड नियन्त्रण गर्न सकिने तर्फ ध्यान जानु पर्छ र समुदायमा फैलिएको कोरोना नियन्त्रणमा प्रभावकारी प्रयास गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!