छिमेकी मुलुक भारतको जयनगरदेखि जनकपुरधामसम्म दुई वटा इन्जिन र डब्बा सहित परीक्षण रेल संचालन गरिएको छ । रेल आउने र संचालन हुने लामो समयदेखि प्रतिक्षा थियो । रेल संचालन गर्ने प्रयाप्त तयारी गरी आउनु पर्ने थियो । तर सरकारी हतारोका वीचमा आईसकेको रेल हविगतको चित्र देखेर चारैतिर आलोचना सुरु भएको छ ।

नेपालले भारत सरकारसँग गरेको सम्झौता अनुसार ८३ करोड ९३ लाख ६० हजार रुपैयाँमा कोकण रेल्वे कर्पोरेशन लिमिटेडले २ सेट रेल निर्माण गरेर दिएको छ । यता रेलमार्गको पूर्वाधारमा भारत सरकारको लगानी रहेको छ । भारत सरकारले ७ अर्ब ६० करोड भारतीय रुपैयाँ लगानी गरी बनाईदिएको जयनगर–जनकपुरधाम–बर्दिबासको ११० किलोमीटर रेल सेवाको भौतिक पूर्वाधारमा लगानी गरेको छ । तर अहिले नेपाली तयारी नै प्रयाप्त नभएका बेला आएको रेलको अविगत देख्दा सरकारको लापरबाही उदांगो पारेको छ ।

जयनगरवाट प्रस्थान गरेको रेल जनकपुरधाममा स्वागत गरिएर अहिले धनुषाको इनर्वा स्टेशनमा थन्किएको छ । त्यहाँ रेलका इन्जिर र डब्बालाई पहेलो त्रिपालले छोपेर राखेको छ । १ हजार तीन सय यात्रुको यात्रा गर्ने गरी बनाईएको रेलको अहिले जनशक्ति व्यवस्थापन, टिकट विक्री लगायतका कतिपय कानूनी प्रकृया पूरा गर्न नेपाल रेल्वे विभाग पछाडी परेको छ । जनशक्तिका निम्ति विज्ञापन गरेको छ तर वेरोजगारीका कारण उम्मेदवार अत्याधिक छ । यसले पनि जनशक्ति चयनमा सकस परिरहेको छ ।
इनर्वामा रेल थन्किदा धेरैलाई ‘रेल आयो रेल आयो फुस्स…’ झैं लागेको छ । यसले नेपालको रेल विभाग र अन्य सरोकारवाला निकायको गम्भीर लापबाही प्रष्ट गरेको छ । रेल आउनु पूर्व जनशक्ति र अन्य व्यवस्थापनको तयारी गरी राखेको भए आजको अवस्था आउने थिएन् ।
तर अब फेरी रेल आउँदो विवाह पञ्चमीदेखि संचालन हुने कुरा सार्वजनिक भएको छ । यत्रो लामो दिन थन्काएरै रेल ल्याउन होडवाजी किन गरियो त ? यसको जवाफ दिनुपर्छ । र थन्काएर राखिएको रेलेका स्रिघ संचालनको व्यवस्थामा रेल विभाग र अन्य सरोकारवाला निकाय जुट्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!