न्याय सम्पादनमा विशेष ध्यान दिनुपर्छ । नागरिकको सवैभन्दावढी विश्वास न्यायलयमाथि रह्ने गरेको छ । न्याय सम्पादन गर्दा विचलित हुनु हुँदैन् । नागरिकले अत्याधिक विश्वास गरेको बलियो संस्था न्यायलय नै हो । न्यायलयले गर्न न्याय सम्पादनले नागरिकमा गहिरो छाप पार्ने गरेको छ । सिरहा जिल्लामा पटक पटक न्यायमाथि प्रश्न उठ्ने काम भएको छ । जसको कारणले एउटा प्रश्न उठाउने गर्छ । र न्यायलय नै घेराउको अवस्थाहरु सृजना हुँदै आईरहेको छ । जसको पछिल्लो घटना भनेको वुधवार सिरहामा भएको हत्याको घटनाको आरोपित रिहा हुन सक्ने भन्दै पीडित परिवार र गाउँबासीले जिल्ला अदालत सिरहा दिनभरी घेराउ गरी प्रर्दशन गरे ।
पक्राउ परेका अभियुक्तलाई अदालतले रिहाई गर्न सक्ने भन्दै पीडित परिवार सहित स्थानीय गाउँवासीले जिल्ला अदालत सिरहामा दिनभरी घेराउ गरी नाराबाजी गरेका छन् । गत मंसिर ९ मा सिरहाको बरियारपट्टी गाउँपालिका–१ नरगीका श्यामदेव यादवका ३० वर्षीय रामशंकर यादवको कुटपिटबाट मृत्यु भएको थियो । त्यस घटनामा संलग्न रहेका बरियारपट्टी गाउँपालिका–१ नरगीका अजय साह र बडहरीका दिपु यादवलाई जिल्ला अदालत सिरहाले छाड्न लागेको भन्दै पीडित परिवार र स्थानीय गाउँलेहरुले वुधवार दिनभरी अदालत घेराउसँगै नाराबाजी गरेका थिए । अदालतको मुख्य गेटमा धर्ना बस्दै उनीहरुले चर्को नाराबाजी सहित हत्यारालाई रिहा गर्न नहुने र पीडित परिवारले न्याय पाउनु पर्ने माग गरेका थिए ।

स्थानीय गाउँवासीको एउटे ध्येय देखियो, दोषीलाई कानूनी दायरामा ल्याउनुपर्छ । जसले सिरियल रुपमा हत्या गर्छ र आफ्नो शक्ति र पैसाको बलमा रिहा हुन्छ भने त्यसले गाउँ समाजलाई त्रसित बनाई राख्छ । यसकारणले न्याय सम्पादन गर्ने केन्द्रले गलत निर्णय नगरुन् र दोषीलाई कारबाहीको दायारमा ल्याउन् भन्ने अपेक्षा नागरिक तहबाट रह्ने गरेको पाईन्छ । सिरहा जिल्लामा न्यायमाथि भईरहेको घेराबन्दीले उठाउँदै गरेको प्रश्न जिल्ला अदालतले सक्नुपर्छ । नागरिक तहबाट उठ्ने गरेको प्रश्नले न्याय सम्पादनमाथि प्रहार र विश्वासको स्खलन हुन सक्छ । यसकारणले आफ्नो आस्था, गरिमालाई बचाई राख्न सिरहा जिल्लाका अदालत र अदालत प्रशासनले विशेष भूमिका खेल्नूपर्छ ।



