सिरहा जिल्लामा विद्यालय बाहिर हजारौं बालबालिका रहेका छन् । संविधानले अनिवार्य र निःशुल्क शिक्षा गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा विभिन्न वहानामा बालबालिका विद्यालयको पहुँचबाट टाढिन पुगेका छन् । त्यससँगै कपितय बालबालिका विद्यालय शिक्षालाई पूरा नै नगरी आधाबाटोमै छाड्ने गरेको छ । २०७४ अघि मधेश प्रदेशमा २ लाख भन्दा वढी बालबालिका विद्यालयको पहुँच बाहिर थिए । पछिल्लो समय विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने गरी अभियान, कार्यक्रम संञ्चालन भएको छ । अहिले पनि गाउँदेखि बजारसम्ममा हजारौं बालबालिकाहरु विद्यालयको पहुँच बाहिर छ । विद्यालय छाडेर बालबालिकाहरु बालश्रममा लागेका छन् । ईटा उद्योग, मजदुरी, होटल, ट्याक्टर लगायतका विभिन्न क्षेत्रमा हजारौं कलिला युवाहरु आफ्नो पठनपाठन छाडेर श्रम गरिरहेका छन् ।

झन् अभिभावक विहिन बालबालिकाको विजोग हुने गर्छ । यी बालबालिकालाई हातमुख जोड्न धौधौपर्छ । यस्तो अवस्थामा विभिन्न संघसंस्थाले समाजिक उत्तरदायित्व अन्र्तगत अभिभावक विहिन बालबालिकालाई शैक्षिक सामग्री, खाद्यन्न र चिसोबाट जोगिने गरी कम्बल वितरण गरेको छ । सिरहा नगरपालिका वडा नम्बर ४ रमौलमा यस्तै अभिभावक विहिन ५२ जना बालबाललिकालाई शैक्षिक सामग्री, खाद्यान र न्यानो कम्बल वितरण गरिएको छ । हेल्पिङ्ग ह्यान्डस र हेसरा नेपालको सहयोगमा सिरहा नगरपालिका वडा नम्बर ४ मा ५२ जना अभिभावक गुमाएका बालबालिकाहरुलाई ‘शिक्षाको पहुँचमा पुर्याउन’ र विद्यालय छाड्नेक्रम रोक्न शैक्षिक सामग्री सहित खाद्यन्न र न्यानो कम्बल वितरण गरिएको हो ।

विद्यालय शिक्षा निरन्तरता दिनको लागि ‘ओरफन स्र्पोट प्रोग्राम’ अन्तर्गत १२ हजार नगद, खाद्य सामग्री र शैक्षिक सामग्री अन्र्तगत स्कुल ब्याग, कापी, पेन्सिल, कटर, इरेजर वितरण गरिएको छ । त्यससँगै स्वास्थ्य परिक्षण गरी चिसोबाट बालबालिकालाई जोगिन न्यानो कम्बल र सरसफाई सामग्री समेत वितरण छ । सिरहा जिल्लाको सिरहा नगरपालिका, गोलबजार नगरपालिका, सुखिपुर नगरपालिका, धनगढीमाई नगरपालिका र अर्नमा गाउँपालिकामा गरी ५ स्थानीय तहमा बालबालिकालाई त्यस संस्थाले शैक्षिक र खाद्यन्न सामग्री सहयोग गर्नु एउटा जिम्मेवारी पूरा गरेको देखिन्छ । ‘अरर्पन सर्पोट प्रोगाम’ अन्तर्गत अभिभावक विहिन बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउनेदेखि १८ वर्षसम्म पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च व्यर्होने अभियान पनि राम्रो छ ।

यो अभियान दिगो पाउनुपर्छ । यसमा स्थानीय सरकारहरुको भूमिकाको आवश्यकता छ । सामाजिक उत्तरदायित्वन अन्र्तगत संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै आएपनि त्यसको स्वामित्व स्थानीय सरकारहरुले लिन सकिरहेको छैन् । जसले गर्दा समस्यामा रहेका बालबालिकाहरु त्यसबाट मुक्त हुन सकिरहेको हुँदैन् । यसर्थ सिरहा जिल्लाका १७ वटै स्थानीय तहहरुले यस्ता कुरामा ध्यान दिई विद्यालय पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने, अभिभावक विहिन बालबालिकालाई अपनत्व दिने गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय