प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा गर्न सफल भएको शेर बहादुर देउवा नेतृत्वको सरकारले ल्याएको एक अध्यादेशले देशमा गहन विर्मश थालिएको छ । जेल जिवनमा रहेका थारुहट आन्दोलनका नेता रेमश चौधरी सहितलाई रिहा गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । मन्त्री परिषदले अध्यादेश ल्याएपछि अहिले व्यापक चर्चा छ । अध्यादेश ल्याएको सरकारले लालमोहर लगाउन राष्ट्रपति समक्ष पठाएको छ । मन्त्री परिषद्ले विभिन्न आन्दोलन, क्रान्तिमा सहभागी भएकालाई जेलमै सडाउने भन्दा दिगो समाधान गर्ने गरी अध्यादेश ल्याएको छ । लामो समयदेखि जेलजीवनमा रहेका रेशम चौधरी लगायत धारुहट आन्दोलनका नेताहरु, मधेश आन्दोलनका नेताहरु यसबाट रिहा हुन सक्छ ।

सरकारले ल्याएको अध्यादेशको अहिले देशभरी विरोध सुरु भएको छ । पूर्व प्रहरी अधिकृतदेखि विभिन्न राजनीतिक दल, नेताहरुले अध्यादेशको विरोधमा उत्रेका छ । त्यससँगै विद्यार्थी संगठनहरु पनि सरकारलाई खबरदारी गरेको छ । विशेषगरी मधेशी, थारुको विषय राष्ट्र राजनीतिमा प्रवेश गर्ने वित्तिकै एकथरीका समूहरु त्यस विरुद्धमा सक्रिय हुने गर्छन् । जो आजको कुरा होईन, विगत देखि नै एकथरीका स्वार्थी समूहले राष्ट्रवाद, कानून लगायतको आडमा मधेशी र थारुलाई अलग गर्ने, जेलमा कोच्न र अधिकारदेखि बञ्चित गर्ने पूरानो रोग अझैं कायम छ । यसले गर्दा देशमा फाँटो विद्यमान छ र त्यसको दिगो समाधान हुन सकिरहेको छैन् ।

मधेश आन्दोलन, थारुहट आन्दोलन अगावै देशले अनेक आन्दोलन देखिसकेको छ । त्यसमा संलग्नहरु अहिले देशको सर्वोच्च पदमा पदासिन पनि भईसकेका छन् । मधेशी र थारुको विषयमा सवै मानकलाई तोड्दै जेलमै सडाउन खस मानसिकता विद्यमान छ । जसले गर्दा नेपालमा आन्दोलनको सही रुपमा विर्सजन गर्न सकिने अवस्थाको बन्दैन् । माओवादी हिंसात्मक आन्दोलनको आडमा प्रधानमन्त्रीको कुर्सीमा पुष्पकमल दाहाल प्रचण्ड, डा बाबुराम भट्टाराई, झापा विद्रोह आडमा केपी शर्मा ओलीले लगायत कतिपय नेतामाथि लागेको आरोप हट्यो र उनीहरु राजनेतामा स्थापित भए । मधेशी र थारु आन्दोलनकर्मीलाई त्यो राजनेता बन्न काठमाडौं केन्द्रित सक्ताले दिन चाहँदैन् । जसले दिगो समान निकाल्न नसक्नु र कालान्तरमा देशलाई थप द्वन्दमा लैजानुको विकल्प छैन् । सरकारले ल्याएको विधेयक र थारुहट, मधेश आन्दोलनमा राज्यद्रोहका मुद्दामा जेल जीवन विताउन बाध्य भएकालाई रिहाई गर्नुपर्छ । यसमा सवैले फराकिलो ढंगबाट सोच्नुको विकल्प पनि छैन् । यसलाई खुला हृदयले आत्मसाथ गरी थारु आन्दोलनलाई सम्मान गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय